समाचार

लिन इन्टरनेशनल बोर्डिङ स्कुलमा शैक्षिक प्रदर्शनी

मंसिर २७ शनिबार, २०८२
काभ्रेपलान्चोक । लिन इन्टरनेशनल बोर्डिङ स्कुलले विद्यालय प्राङ्गणमा शैक्षिक प्रदर्शनी मेला सम्पन्न गरेको छ।

विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजना गरिएको उक्त शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरूको सीप, कला, क्षमता तथा अतिरिक्त क्रियाकलापलाई प्रस्तुत गरिएको थियो। विद्यालयमा विद्यार्थीहरूलाई अतिरिक्त सिकाइ गराइँदै आएको र त्यसलाई प्रयोगात्मक रूपमा अभ्यासमा ल्याइएको विद्यालयका पिन्सिपल श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो।

विद्यालयका सह–प्रधानध्यापक दिपक तामाङका अनुसार शिक्षकहरूको निर्देशन र विद्यार्थीहरूको मेहनतबाट विभिन्न विषयसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा राखिएको हो।यस्तै उक्त विद्यालयका संचालक कान्छामान लामाका अनुसार विद्यालयकाे शैक्षिक स्तर वृद्धि र रचनात्मक कार्यमा विद्यार्थीलाई प्राेत्साहन गर्ने यस्ता कार्यक्रमले प्रेरणा मिल्ने धारणा राख्नु भयो ।

प्रदर्शनीमा शिक्षा, स्वास्थ्य, यातायात, विज्ञान, नेपाली, गणित र सामाजिक विषयसँग सम्बन्धित चित्र, कागजबाट बनाइएका संरचना लगायत सामग्रीहरू राखिएका थिए। साथै विद्यार्थीहरूले परम्परागत लोपोन्मुख नेपाली सामग्री, हस्तलेखन तथा चित्रकलासमेत प्रदर्शनीमा प्रस्तुत गरेका थिए। युकेजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले तयार पारेका सामग्रीहरू अवलोकनका लागि राखिएको थियो।

बिहान १० बजेदेखि सुरु भएको प्रदर्शनीलाई विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले अवलोकन गरेका थिए। विद्यालयका अनुसार प्रदर्शनीमा करिब ५ सय जनाको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *