समाचार

भुम्लु गाउँपालिकामा स्थानीय उत्पादन खरिद केन्द्र सञ्चालन, किसान लाभान्वित हुने

 

मंसिर २०, मंगलबार, २०८२
काभ्रेपलाञ्चोक। भुम्लु गाउँपालिकाले स्थानीय उत्पादन खरिद गर्ने नीतिलाई प्राथमिकतामा राख्दै जडिबुटी तथा कृषि उपज प्रशोधन केन्द्रमार्फत खरिद प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। केन्द्रले किसानले उत्पादन गरेका बस्तुहरू नगदमै खरिद गर्ने जनाएको छ।

केन्द्रका अनुसार खरिद हुने मुख्य उत्पादनहरूमा रायोको साग, अमला, बेसारको गाना, कोदो, फापर र लप्सी रहनेछन्। साथै अन्य कृषि तथा जडीबुटीजन्य उपज पनि उचित र पारदर्शी मूल्यमा खरिद गरिने बताइएको छ।

यस व्यवस्थाले अब किसानलाई आफ्नो उत्पादन बेच्न नपाइने वा बजार नपाइने चिन्ता लिनु नपर्ने भएको छ। उत्पादनकर्ताहरूले आफ्नो उपजसहित सिधै खरिद केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

गाउँपालिकाले सुरु गरेको नयाँ प्रणालीले किसानकाे उत्पादन खेर नजाने, उचित मूल्य पाउने र स्थानीय उत्पादित वस्तुले व्यवस्थापनयुक्त बजार पाउने अपेक्षा गरिएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *