समाचार

मानवताको लागि सहयोग नेपालद्वारा नुवाकोटमा न्यानो कपडा वितरण, शिक्षा र सामाजिक सेवामा निरन्तर योगदान

मंसिर १८ बिहीबार ,२०८२

काठमाडाैं। “हाम्रो इच्छा—सबैलाई शिक्षा” भन्ने मुल नारासहित मानवताको लागि सहयोग नेपाल संस्थाले सामाजिक सेवामा आफ्नो सक्रियता निरन्तरता दिँदै नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ स्थित देबकी धरम आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको छ। संस्था स्थापना भएको २०७७ सालदेखि स्वास्थ्य, शिक्षा, शैक्षिक तथा खेलकुद सामग्री वितरणमार्फत समाजसेवामा अग्रसर रहिआएको छ।

मंसिर १५ गते सम्पन्न उक्त कार्यक्रममा विद्यालय प्रधानाध्यापकको विशेष अनुरोधलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई जाडो टोपी, सुइटर लगायत न्यानो कपडा हस्तान्तरण गरिएको थियो। संस्थाका अध्यक्ष मधुसुदन ध्वज खड्काले विद्यालयका छात्र–छात्राको मुहारमा देखिएको खुशी आफू र संस्थाका लागि ऊर्जा भएको बताउँदै विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष रमेश तामाङले संस्थाका सबै प्रतिनिधिहरूसमक्ष आभार व्यक्त गर्दै विदाई गरेका थिए। संस्थाले आफ्नै स्रोत वा दाताबाट प्राप्त सहयोगलाई आवश्यक स्थानमा पुगेर प्रत्यक्ष वितरण गर्ने परम्परा रहेको बताइन्छ।

यस वितरण कार्यक्रममा अध्यक्ष मधुसुदन ध्वज खड्का, उपाध्यक्ष सुजना चौलागाई, कोषाध्यक्ष चिरञ्जिबी अधिकारी, सह–कोषाध्यक्ष शोभा सुवेदी, सदस्य संध्या मल्ल ठकुरी तथा विशेष अतिथी सुवर्ण प्रसाद सुवेदी सहभागी थिए। सोही अवसरमा उपाध्यक्ष चौलागाईको जन्मदिन परेकाले विद्यार्थी र शिक्षकहरूलाई मिठाई वितरण गरिएको थियो, जसले कार्यक्रमलाई थप हर्षोल्लासपूर्ण बनायो।

कार्यक्रम सफल बनाउन विशेष भूमिका खेल्ने पाल्पा निवासी तथा सिटिजन लाइफ इन्स्योरेन्स, पाल्पा शाखाका मुख्य एजेन्ट रीता पाण्डे प्रति संस्थाले आभार व्यक्त गरेको छ। पाण्डेले प्रत्येक वर्ष संस्थाको कुनै योजनामा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

त्यसैगरी अनुपम विद्या सदन (लाजिम्पाट), काठमाडौं ईङ्लिस स्कुल (गौचरण), इडन ब्रिज एकेडेमी (धापासी) तथा लामो समयदेखि मिडियामा सक्रिय रहेका शंकरमान श्रेष्ठबाट प्राप्त सहयोगले कार्यक्रम थप सबल बनेको संस्थाले जनाएको छ।

संस्थाले आफ्नो सामाजिक कार्यप्रति उच्च कदर गर्ने सबै सहयोगी तथा शुभचिन्तक — टुकी नेटवर्कका दिनेश खरेल र नेपाल हाम्रो डट कमका विनय गिरी — प्रती पनि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि हातेमालोका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *