मनोरञ्जन
यादव थपलिया जन्मजयन्तीमा साहित्यिक श्रद्धाञ्जलीसहित विशेष कार्यक्रम सम्पन्न

कार्तिक १५,२०८२, शनिबार
काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानले आजकाे दिन स्वर्गीय साहित्यकार, पत्रकार तथा प्रतिष्ठानका पूर्व उपाध्यक्ष यादव थपलियाको ४७औँ जन्मजयन्ती अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता दिल पौडेलले गर्नुभएको थियो भने प्रा. डा. रामप्रसाद ज्ञवाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन साहित्यकार तथा पत्रकार यशोदा अधिकारीले गर्नुभएको थियो।
कृतिमाथि समालोचनात्मक परिचर्चा
थपलियाका चार कृतिहरू —उपन्यास ‘मृत्यु चुम्बन’,कविता संग्रह ‘हाँडिगाँउको जात्रा’,बालकथा संग्रह ‘फर्सिबाको कथा’, र
लेखसंग्रह ‘सम्मतिका छालभित्र’ क्रमश प्रा. डा. रामप्रसाद ज्ञवाली, पत्रकार प्रकाश सिलवाल, साहित्यकार रामदेव पाण्डे र पत्रकार दीनदयाल रेग्मीले समालोचनात्मक परिचर्चा प्रस्तुत गर्नुभएको थियो।
स्रष्टा विशेष : गङ्गा खतिवडा आजको ‘स्रष्टा विशेष’ अन्तर्गत स्व. थपलियाकी धर्मपत्नी तथा कवि **गङ्गा थपलिया (खतिवडा)**ले आफ्ना चार ओजस्वी कविताहरू वाचन गर्नुभएको थियो। उहाँले थपलियाको स्मृतिमा लेखिएका कविताहरू पनि प्रस्तुत गर्नुभयो।
कविता वाचन तथा सम्मान
कार्यक्रममा यादव थपलियाका कविताहरू गङ्गा थपलिया, शुसिला शर्मा, युवराज नास्तिक, माधव अटल र वैरागी जेठाले वाचन गर्नुभयो।
नियमित सुप्रभात काव्यगोष्ठी अन्तर्गत कवि पूर्णविराम पुरस्कार यसपटक आल्फी फोहेन फाक्लप्पाले रु. १००० नगदसहित प्राप्त गर्नुभयो। त्यसैगरी, कार्यक्रममा कवि नवराज उत्साही, गीतकार देबी पराजुली, कृष्णहरी भट्ट, शशी आचार्य, दिनेश खरेललगायत अनेकौं स्रष्टाले रचना वाचन गरे।
सम्मान तथा समापन
कार्यक्रमको अन्त्यमा प्रा. डा. रामप्रसाद ज्ञवाली, परिचर्चाकारहरू — दीनदयाल रेग्मी, प्रकाश सिलवाल, रामदेव पाण्डे — र स्रष्टा विशेष कवि गङ्गा थपलियालाई प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक वैरागी जेठा, महासचिव युवराज नास्तिक, प्राज्ञ चेतनाथ धमला, कवि पूर्णविराम, शिवहरी पाण्डे, माधव अटल, शुसिला शर्मा, बलराम विष्ट, देबी पराजुली, दिनेश खरेललगायत दर्जनौं साहित्यकर्मी र साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सबैप्रति आयोजक प्रतिष्ठानले हार्दिक आभार व्यक्त गरेको छ।


