Site icon Tukinetwork.com

जिल्ला अदालत काभ्रेबाट  खगेन्द्र सुनार धरौटीमा रिहा

२०८२ कार्तिक १३ , बिहीबार 

काभ्रेपलाञ्चोक । सामाजिक अभियन्ता खगेन्द्र सुनारले आफू वर्तमान सरकार तलमाथि भए सहन नसक्ने बताउनुभयो ।आज काभ्रेको धुलिखेलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले भन्नुभयो, “कहीं कतै यो सरकार र व्यवस्थाविरुद्ध प्रश्न उठे जस्तो अवस्थामा पनि सामना गर्न तयार छु।” निर्वाचन हुन्छ ,हुनु पर्छ । म कानुन मान्ने नागरिक हुँ ।त्यसैले अदालतमा  हाजिर भएँ ।
सुनार काभ्रे जिल्ला अदालतमा आफूविरुद्ध दायर भएको विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा हाजिर हुन आउनु भएको थियो। अधिवक्ता मनीषा गौतमको जाहेरीका आधारमा उहाँलाई उक्त मुद्दामा फरार प्रतिवादी बनाइएको थियो।

यसै हप्ता मन्त्री सिफारिसमा परेपछि उहाँको नाम सार्वजनिक भएको थियो। त्यसपछि उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। जिल्ला अदालत काभ्रेपलाञ्चोकले ५० हजार रुपैयाँ धरौटीमा सुनारलाई रिहा गरेको छ।

Exit mobile version