Site icon Tukinetwork.com

जनप्रतिनिधि–कर्मचारीको सहकार्यले परिणाम दिन सकिने उदाहरण : सांसद चौलागाईं

भाद्र ३ मंगलबार ,२०८२
काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र) की नेता तथा बागमती प्रदेशकी सांसद रुकु चौलागाईंले युद्धकालमा फलाँटे र भूम्लुटारका नागरिकले लालपुर्जाकाे विषयमा गुनासो गर्ने गरेको तर तत्कालीन अवस्थामा समाधान गर्ने अवस्था नभएको स्मरण गर्नुभयो ।

भुम्लु गाँउपालिका वडा नम्वर ७ र ८ का नागरिकलाई धनीपुर्जा वितरणमा सम्बाेधन गर्दै उहाँले अहिले भने जनप्रतिनिधिको चुनावी एजेन्डा र स्थानीय तहको पहलमार्फत लालपुर्जा वितरण सम्भव भएको बताउनु भयाे ।

उहाँका, अनुसार लालपुर्जा वितरण प्रक्रिया सहज बनाउन मालपोत कार्यालयका प्रमुखसँग पनि समस्या थिए, जसलाई सम्बोधन गर्न मन्त्रीदेखि सचिवसम्मसँग पटक–पटक छलफल गरिएको थियो । जनप्रतिनिधि र कर्मचारीले देखाएको इच्छाशक्तिका कारण समस्या समाधान हुन सकेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

“जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्दा परिणाम दिन सकिने रहेछ भन्ने उदाहरण यस घटनाले प्रमाणित गरेको छ,” उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले विकास र सेवा प्रवाहमा सबै दायित्व केन्द्रीय सरकारलाई मात्र थोपर्नु नहुने बताउँदै स्थानीय सरकारले पनि चुनौती सामना गर्नुपर्ने र निरन्तर परिणाम देखाउनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

Exit mobile version