श्रावण ७, बुधबार, २०८२ | काभ्रेपलान्चोक
तेमाल गाउँपालिका भित्रका ज्येष्ठ नागरिकहरू—जसले हाल काठमाडौं उपत्यकामा बसोबास गरिरहेका छन्—का लागि सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण काठमाडौंमै गर्ने व्यवस्था गरिएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक सुरक्षा भत्ता नविकरण गर्न काठमाडौंका विभिन्न स्थान, मिति र समय तोकेर सेवा उपलब्ध गराउने निर्णय गरेको हो।
नागरिकहरूको सुविधालाई प्राथमिकता दिँदै तथा गाउँ फर्कन नसक्ने अवस्थालाई मध्यनजर गर्दै, पालिकाले श्रावण १० गतेदेखि १७ गतेसम्म विभिन्न स्थानहरूमा नविकरण सेवा प्रदान गर्ने भएको छ।
कार्ड नविकरणको तालिका:
श्रावण १० गते: कुमारीगाल, काठमाडौं
श्रावण ११ गते: नयाँ बस्ती, बौद्ध
श्रावण १२ गते: कपन
श्रावण १४ गते: स्वयम्भू
श्रावण १५ गते: कोटेश्वर महादेवस्थान
श्रावण १६ गते: सूर्यविनायक, भक्तपुर
श्रावण १७ गते: बनेपा, काभ्रे
सेवा समय: बिहान ८:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म
प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले जारी गरेको कार्यतालिकामा सो जानकारी सार्वजनिक गरिएको हो।
तेमाल गाउँपालिकाले सम्बन्धित नागरिकहरूलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई कार्ड नविकरण गराउन आग्रह गरेको छ।

