Site icon Tukinetwork.com

साहित्य सन्ध्याकाे आज`बाल साहित्य विषेश´

श्रावण ३ शनिबार २०८२
काठमाडौ । साहित्य सन्ध्याले आजको श्रृङखलामा बाल साहित्य विशेष कार्यक्रम गरेको छ। २०३९ सालदेखि साहित्य सन्ध्याले नियमित काव्य वाचन,समीक्षा तथा टिप्पणी गर्दै आएको छ।

यस पटक संस्थाले बाल साहित्यमा विज्ञान- प्रविधीले पारेको प्रभाब र असरबारे छलफल चलाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि ध्रुव कुमार घिमिरेले बाल साहित्यमा विज्ञान र प्रविधिकाे चर्चा गर्नु भएको थियो । उहाँका अनुसार सामान्य अर्थमा विज्ञान प्रकृतिकाे सैद्धान्तिक स्वरुप विज्ञान हो । सिद्धान्तलाई प्रयाेग गर्ने विधिलाई प्रविधी मान्न सकिने घिमिरेको धारणा छ।

उहाँले भन्नुभयो ,` प्रविधीकाे प्रयाेग गर्न अध्यायन गर्ने सिलसिलामा विज्ञानकाे विकास भयो । हामीले बालबालिकालाई चित्र, रंग र स्केचबाट साहित्य सम्बन्धि  जिज्ञासा मेटाउन प्रयत्न गर्नु पर्छ ।अहिलेका बालबालिकालाई  साहित्यबाट विज्ञान सम्बत ज्ञान दिनु पर्छ । आजको समयमा यो नगर त्यो नगर भनेर बन्देज लगाउनु सान्दर्भिक नहुने र रुचि अनुसार ज्ञान लिन प्रेरित गर्नु पर्ने डाक्टर घिमिरेको धारणा छ

यस्तै बाल साहित्य समिक्षक कार्तिकय घिमिरेले सामाजिक संजाल , एनिमेसन र भिडियोले बालबालिकाकाे दिमागमा मानसिक प्रभाब पारेको प्रष्ट पार्नु भयो । बालबालिकाकाे सामाजिक संजाल सुरक्षाकाे निम्ति सरकारले नीति बनाउनु पर्ने र पहिलो पाठशाला घर भएकोले अभिभावकहरु सचेत हुनु पर्नेमा उहाँको जाेड रहेको छ। क्यानडामा सरकारले उमेर अनुसारका बालबालिकालाई भिडियो र अडियाेमा साहित्य र अन्य सामाग्री पढन पाउने व्यवस्था सुरु गरिसकेकाे स्मरण गर्दै नेपालमा पनि त्यसकाे आबाश्यकता बढेकाे बताउनु भयो ।

जयन्ती स्पन्धनले संचालन गर्नु भएको कार्यक्रममा साहित्य सन्ध्याका अध्यक्ष राम विनयले अध्यक्षता गर्नु भएको थियो । नियमित रचना प्रस्तुत गरिने उक्त कार्यक्रममा ३० जना स्रष्टाहरुले आ- आफ्ना रचना वाचन गर्नु भएको थियो ।

कवि तथा लेखकहरु क्रमश:ओम प्रकाश काेइराला, प्रविण जाेशी , गाेपाल नेपाल,बैरागी जेठा ,शनि नेपाल, खेमराज निरौला , लक्ष्मीप्रसाद न्यौपाने , कुमार नेपाल, महेश राज खरेल , बलराम विष्ट ,कृतिका श्रेष्ठ(बालकवि),डाक्टर राजेन्द्रप्रसाद अधिकारी ,काेष चापागाईं, नर्वदेश्वरी सत्याल, नवराज श्रेष्ठ , फणीन्द्र राज निरौला ,दिनेश राज खरेल ,यदुनाथ बसन्तपुरे ,डाक्टर गाेविन्द आचार्य ,देवि प्रसाद घिमिरे , गंगा कर्माचार्य , प्रशान्त खरेल , गाेपाल मैनाली , अजुर्न अनमाेल जयन्ती स्पनधनले कविता,बालगीत तथा बालकविता सुनाउनुभयो ।

Exit mobile version