असार२६ बिहीबार ,२०८१
काभ्रेपलान्चोक । नेपाल ज्योतिष परिषद काभ्रेको अध्यक्षमा नवराज ढकाल निर्वाचित हुनु भएको छ। परिषदकाे छैटौं जिल्ला अधिवेशनले ज्योतिष नवराज ढकालको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नारायणप्रसाद दाहाल, टंकप्रसाद दाहाल र शिवकुमार खतिवडा, सचिवमा लालप्रसाद पौडेल, सहसचिवमा हरेराम बजगाईं र इन्द्रप्रसाद तिमल्सिना तथा कोषाध्यक्षमा सविना तामाङ र सहकोषाध्यक्षमा नविनप्रसाद तिमल्सिना निर्वाचित हुनु भएको छ ।
यस्तै सदस्यहरुमा भुवनेश्वर तिमल्सिना, परमेश्वर सापकोटा, डिल्लीराम चौलागाईं, यादवप्रसाद चौलागाईं, दुर्गाप्रसाद दाहाल, निर्मला पराजुली भट्टराई, रविकराज कायस्थ, पुष्पा माता र रत्नप्रसाद बञ्जारा निर्वाचित हुनु भएको छ।

