Site icon Tukinetwork.com

संगठन निर्माणमा पार्टीको सर्कुलर जरुरी छ:- पाेलिटब्युराे सदस्य वाइवा

जेठ १० शनिबार ,२०८२
काभ्रेपलान्चोक । नेकपा(एकीकृत समाजवादी)का पाेलिटब्युराे सदस्य टाेक बहादुर वाइवाले पार्टीको निर्देशनलाई पूर्णरूपमा पालन गर्नु पर्ने बताउनु भएकाे छ। शनिबार काभ्रे जिल्ला कमिटीकाे बिस्तारीत बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

काभ्रे जिल्ला इन्चार्ज समेत रहनु भएका उहाँले केन्द्रीय पार्टी निर्देशनलाई पालन गरि नीति र विधिको थिति बसाल्न जिल्ला कमिटीलाई सुझाब दिनु भयो । उहाँले भन्नुभयो ,` बामपंथी कार्यकर्ताहरुकाे बैचारिकता र व्यबहारीकतामा स्खलन आएको छ । प्रशिक्षण र कार्यशालाहरुबाट यस्ता आचरणहरु सुधार गर्न सकिन्छ। प्रशिक्षणले ब्यक्तिकाे स्वभावलाई भट्टिमा पकाएकाे ईटा जस्तो निखार ल्याउँछ। ` त्यसैले भेला,प्रशिक्षण र मिटिङहरुमा सहभागी भइरहनु पर्ने उहाँको भनाइ थियो ।

जिल्लामा हुने पार्टी गतिविधिलाई एउटा फर्म्याट बनाएर संचालन गर्न उहाँको आग्रह थियो । संगठन बलियो बनाउन वडा कमिटीसम्मकाे सकृयता आबाश्यक रहेकाे पाेलिटब्युराे सदस्य वाइवाले बताउनु भएको छ।

Exit mobile version