बैशाख,२ शनिबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले पार्टी बनाउने ग्रास रुट अनेरास्ववियू भएको बताउनुभएको छ।
आज काभ्रेमा भएको एक कार्यक्रममा सम्बाेधन गर्दै अध्यक्ष श्रेष्ठले पार्टिकाे संगठन बिस्तार र सदस्यता नविकरण अभियानमा विद्यार्थीलाई परिचालन गर्न आब्हान गर्नु भएको हो । उहाँले भन्नुभयो,` नेकपा एकीकृत समाजवादी पार्टीले विद्यार्थीहरुमा लगानी गरि पार्टी निर्माण गर्नु पर्छ। एउटा विद्यार्थीलाई अनेरास्ववियूकाे सदस्य बनाउन सकियाे भने उनिहरुले नै घर घर र टाेल टाेलमा पार्टी सदस्य बनाउने छन् । ´
अध्यक्ष श्रेष्ठले नविनतम बिचार , कार्ययोजना र क्रियाशीलताले मात्रै आन्दोलन सफल हुने र त्यसको प्रभावकारीतालाई विद्यार्थी जमातले मात्रै गर्न सक्ने बताउनु भयो । त्यसको नेतृत्व अनेरास्ववियूले सहजताका साथ गर्न सक्छ । काभ्रेले पनि संगठन विस्तार गर्न विद्यार्थीलाई सहयोगी बनाउन अध्यक्ष श्रेष्ठले सुझाव दिनु भयो ।
उहाँले काभ्रेका अनेरास्ववियू अध्यक्ष रामेश्वर आचार्यलाई सहयोग गरि परिचालन गरे राम्रो संगठन बन्ने भन्दै विद्यार्थी नेता आचार्यकाे प्रसंशा गर्नु भएको थियो ।

