Site icon Tukinetwork.com

कवि सराेज उपाध्यायकाे,कविता:- सत्य तथ्य

सत्य तथ्य ( कविता)
रचनाः सरोज उपाध्याय

कसैले मलाई पुष्प गुच्छा दिएको देख्यो
उसको नजरमा त्यहि सत्य हो
कि म संग पुष्प गुच्छा छ !
छैटीमा भावीले ललाटमा
यस्तो लेख्यो
मेरो भोगाईको यहि तथ्य हो
कि म संग कांढाको बिस्तरा छ !

कसैले मलाई औधी माया गरेको देख्यो
उसको नजरमा त्यही सत्य हो
कि म संग प्रेम गर्ने कोहि आफ्नो छ !
जीवनमा प्रेमीले मलाई अन्तिम
पत्र लेख्यो
मेरो प्रेमको यहि तथ्य हो
कि म संग उसको विवाहको निम्तो पत्र छ !

कसैले मलाई सम्मान गरेको देख्यो
उसको नजरमा त्यहि सत्य हो
कि मलाई सम्मान गर्ने कोहि मान्छे छ !
जीवनमा कसैले मलाई यस्तो
अपमान गर्यो
मेरो भोगाईको यहि तथ्य हो
कि म संग अपमानको असंख्य यादहरु छ !

मितिः २०८१ चैत्र २९ गते

Exit mobile version