Site icon Tukinetwork.com

भुम्लु गाँउपालिकाले सामुदायिक विद्यालयमा समान पाेशाक लागू गर्ने

चैत ,२० बुधबार ,२०८१
काभ्रेपलान्चोक । भुम्लु गाउँपालिकाले पालिका भित्रका विद्यालयहरुमा समान पाेसाककाे अनिवार्य सर्त अधि सारेकाे छ। सामुदायिक विद्यालयमा पाेसाक एकरुपता कायम गर्ने उदेश्यले सम्पुर्ण विद्यालयमा एउटै प्रकारकाे पाेसाक अनिवार्य गर्न लागिएको शिक्षा तथा खेलकुद शाखा भूम्लुले जनाएको छ।

पालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्यार्थी पोसाकमा एकरुपता कायम गर्नका लागि तोकिए बमोजिमको ड्रेस (ट्रयाक सेट) कोड सार्वजनिक गरिएको छ। काेडमा कायम भए बमोजिम ड्रस अनिवार्य गर्न विद्यालयहरुलाई परिपत्र गरिएको छ। अन्य ड्रेसका निम्ति काेड अर्को सूचनामा प्रकाशित गरिने शिक्षा शाखाले जनाएको छ।

चैत १३ गते बसेकाे शिक्षा तथा खेलकुद शाखाकाे बैठकले उक्त निर्णय गरेको थियो । साेही बैठकको निर्णय अनुसार सुचना सार्वजनिक गरिएको छ। पाेसाककाे काेड नमुना तस्वीरमा प्रष्ट पारिएको छ।

Exit mobile version