Site icon Tukinetwork.com

`राष्ट्रिय शक्ति नेपाल´ले चैत २१गते आन्दोलनको घाेषणा सभा गर्ने

चैत ,१२ मंगलबार ,२०८१
साधुराम थपलिया
काठमाडौ । राष्ट्रिय शक्ति नेपालले आगामी दिनमा शसक्त आन्दोलनकाे घाेषणा र माेटरसाइकल र्यालि गर्ने भएको छ। चैत २१ गते विभिन्न संस्थाहरुले संयुक्तरूपमा नारायणहिटि अगाडि र्यालि निकाल्ने तयारी गरेको राष्ट्रिय शक्ति नेपालले जनाएको छ।

राष्ट्रिय युवा शक्ति नेपालका संयाेजक पुर्व मन्त्री बिराज बहादुर विष्ट संयाेजक रहेकाे सचिवालय संयाेजकका मधुकर शमशेर जबराले जारी गरेकाे विज्ञप्तिम राष्ट्रिय शक्ति नेपालले अन्य राष्ट्रबादी शक्तिहरुसँग मिलेर आन्दोलनको तयारी गर्न लागेको जनाइएको छ। वि.पि. काङ्ग्रेस ,राष्ट्रिय सराेकार , नेपालका लागि नेपाली अभियान ,मातृभूमि मञ्च , स्वतन्त्र नागरिक बचाउ अभियान,लगायतका शक्तिले आगामी दिनकाे आन्दोलन घाेषणा गर्न कार्यक्रम आयोजना गर्न लागेकाे बताइएको छ।

राष्ट्रिय शक्ति नेपालले जिल्ला समितिहरु,इच्छुक व्यक्ति ,संघ- संस्था तथा राष्ट्रबादी झुकाब राख्नेहरुलाई माेटरसाइकल र्यालिमा सहभागी हुन अब्हान गरेकाे छ। र्यालिमा सहभागीहरुले बिराज बहादुर विष्टसँग सम्पर्क गर्नु हुन पनि अनुराेध गरिएको छ।

Exit mobile version