Site icon Tukinetwork.com

९७ औँ ‘अविरल जनसाहित्य यात्रा’मा कवि `रक्तिम लामा´ काे एकल कविता वाचन

चैत ९ शनिबार,२०८१
काठमाडौ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले लामो समयदेखि ‘अविरल जनसाहित्य यात्रा’ ९७ मा काभ्रेली कवि रक्तिम लामाकाे एकल रचना भएको छ। संस्थाले अबिरल यात्राकाे ९७अौ श्रृङखलामा कवि तथा प्रगतिशील लेखक तथा काभ्रे प्रलेसका अध्यक्ष लामाकाे एकल कविता वाचन गरिएको हो ।

संस्थाले उक्त विशेष समारोहमा एकजना कविकाे एकल रचना वाचन गर्ने कार्यक्रम राख्ने गरेको छ। साेही अबसरमा आमन्त्रित कविकाे एक दर्जन कविता ,गजल ,हाइकु तथा गीत वाचन गराइने गरिन्छ ।कार्यक्रममा कविको व्यक्तित्व तथा कृतित्वका बारेमा डाक्टर हरि सिलवालले प्रस्तुति दिनु भएको थियो ।

राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्राध्यापक डाक्टर षडानन्द पौडेलले वाचित रचनाहरुकाे समीक्षा गर्नु भएको थियो ।
कवि लामाका १२ कविता मध्य आधा दर्जन कविता सहयोगी कविहरुले वाचन गर्नु भएको थियो भने ६ वटा रचना कवि स्वयंले सुनाउनु भयो । कवि तथा स्रष्टा भवानी पाण्डेले `भरिय सुर्य र नाम्लो`, ईश्वर थाेकरले `कमरेड नुनुलाल´,सरस्वती चिमौरीयाले `अन्तर्राष्ट्रिय नारी दिवस´,नवराज उत्साहिले`कमरेड बाेल्दैनन्,दिल पौडेलले`प्रिय पिपा , दिनेश राज खरेलले`घाइते याेद्दाहरुकाे नाममा एक टुक्रा´ शिर्षकका क्रान्तिकारी र विद्राेही कविताहरु सुनाउनु भएको थियो ।

अन्य ६ वटा कविताहरु`क्रान्ति तिमी र म,हामी उज्यालोकै पक्षमा गीत गाइरहन्छौ,मुखिया-मसाल र म ,छापामार कमरेड,कमरेड पनि के भन्नु तिमिलाई ? र अन्त्यमा आमा शिर्षककाे कविता वाचन गर्नु भएको थियो ।

कवि रक्तिमका कविताहरु विद्राेही,आक्रमक,जागरण ल्याउने खालका र उर्जाशिल रहेकाे समिक्षक प्राध्यापक डाक्टर षडानन्द पौडेलले बताउनु भयो । डाक्टर पौडेलले,उहाँका कवितामा ग्रामीण परिवेश ,त्यहाँकाे अनुभूति र अपनत्वलाई टपक्क टिप्न कवि सफल भएको धारण राख्नु भयो ।`

`कविताहरु दुई छन्दका छन् । गद्यकविता पनि छन्द कसरी भयो भन्ने प्रश्न उठन सक्छ। तर गद्य कविताकाे दुईवटा छन्द समग्र कवितामा आएका छन्।´ उहाँले ११ वटा रचना जगती छन्दमा र सहिद कविता गायत्री छन्दमा रहेकाे प्रष्ट पार्नु भयो ।

डाक्टर पौडेलले उहाँका रचनाकाे टिप्पणी गर्दै कवि लामा प्रष्ट बक्ता, अन्याय सहन नसक्ने र खुल्ला दिलकाे रहेकाे छनक दिने सकिने अभिब्यक्ति दिनु भयो ।

Exit mobile version