Site icon Tukinetwork.com

काभ्रे बहुमुखी क्याम्पसमा अनेरास्ववियूका दुई सदस्य सहित नेविसंघका सभापति विजयी

चैत ६ बुधबार २०८१
काभ्रे । स्वतन्त्र विद्यार्थी यूनियनकाे निर्वाचनमा जिल्लाकाे` काभ्रे बहुमुखी क्याम्पस´मा नेपाल विद्यार्थी संघको तर्फका उम्मेदवार विजयी भएका छन । काभ्रे बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू मिलेर संयुक्त प्यानल बनाइएको थियो ।

सभापतिमा रोहिन पराजुलीको सिगों प्यानल १५३ मत सहित विजयी भएको हो । सभापति पराजुलीले २७२ मत प्राप्त गर्नु भएको छ भने उनका निटतम प्रतिस्पर्धी मिलन गौतमले ११९ मत प्राप्त गरेका थिए।

आठ सदस्यीय कमिटीमा (नेकपा एकीकृत समाजवादी )निकट अनेरास्ववियूका दुई सदस्य विजयी भएका छन् ।अनेरास्ववियूबाट निर्वाचित हुनेमा सन्ध्या गिरी र सुनिता गाेइत रहेका छन् ।

निर्वाचित हुनेहरुमा सचिव तिर्थ कुमारी भुर्तेल , काेषाध्यक्ष मनिष श्रेष्ठ र सदस्यहरु क्रमश : मनिष कुँबर ,सुधा श्रेष्ठ ,सजिना लामा ,सन्ध्या गिरि र सुनिता गाेइत रहेका छन।

Exit mobile version