Site icon Tukinetwork.com

राजावादीको शक्ति प्रदर्शनले गृहमन्त्री त्रसित

फागुन २५ आइतबार ,२०८१
काठमाडौ । गृहमन्त्री रमेश लेखकले लाेकतन्त्रमा राजावादी र गणतन्त्रवादी एकै ठाँउमा बसेकाे देश नेपाल मात्रै भएकोबताएका छन् । आज पुर्वराजा ज्ञानेन्द्र शाह पाेखराबाट काठमाडौ फर्केने क्रममा राजावादीकाे शक्ति प्रदर्शनबाट विचलित गृहमन्त्रीले चेतावनी दिदै यस्तै बताएका हुन्।

आन्दोलनबाट हटिसकेकाे राजतन्त्र फेरि फर्कन नसक्ने गृहमन्त्री लेखकले बताएका छन् । उनलेे पुर्वराजा ज्ञानेन्द्र शाहलाई धम्कीको शैलीमा अरुकाे उक्साहटमा नलाग्न भनेका छन् । फागुन सात प्रजातन्त्र दिवसकाे अकसरमा पुर्वराजा शाहले एक भिडियो सन्देश मार्फत जनताकाे नासाे फिर्ता गरेमा आफुले सम्हाल्न तयार भएको अभिब्यक्ति दिनु भएको थियो ।

त्यस यता राजावादीहरुले तिव्रताका साथ विभिन्न गतिविधि गरिरहेका छन् । राप्रपा लगायत दल र शुभेच्छुक संगठनहरुका यस्ता गतिविधिले सरकार र राजनीतिक दलहरु केही हताेत्साही भएको देख्न सकिन्छ ।

गणतन्त्र पछिकाे सरकार र दलहरुले गरेका संस्थागत र नितिगत भ्रष्टाचार , मानव बेचविखन, बेथिति , बेरोजगारी , युवा पलायन , विश्वविद्यालयमा चरम राजनीति , स्वास्थ ,शिक्षा , अर्थ र धर्म माथिकाे अततायी गतिविधिले दलिय राजनीति प्रती प्रश्न उठन थालेकाे छ।

Exit mobile version