Site icon Tukinetwork.com

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा गर्याे अनेमसंघ काभ्रेले अन्तरक्रिया

फागुन २४ शनिबार ,२०८१
काभ्रे । नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल महिला संघ काभ्रेले, ११५ अौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अबसरका अन्तरक्रिया तथा छलफल आयाेजना गरेको छ।
आज बनेपा स्थित पार्टी कार्यालयकाे सभाहलमा राष्ट्रिय सभा सदस्य गरिमा शाहकाे प्रमुख आतिथ्यमा कार्यक्रमकाे आयाेजना गरिएको हो । कार्यक्रमकाे अध्यक्षता केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ काभ्रेकी अध्यक्ष पासाङ ढाेल्माे लामाले गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य यसु लामा, काभ्रे जिल्ला कमिटी सचिव गाेकुल गौतम , उपसचिवद्वय भेषराज शाह र हरिगाेपाल प्रधानाङ्ग सहित अनेमसंघ काभ्रेका विभिन्न कमिटीमा बसेर भूमिका निर्वाह गरिरहनु भएका महिला नेता तथा कार्यकर्ताहरुकाे बाक्लो उपस्थिति रहेकाे थियो । कार्यक्रम अनेमसंघ काभ्रेकी सचिव चन्दा लामाले संचालन गर्नु भएको थियो ।

Exit mobile version