फागुन २१ बुधबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव साबित्रा भूषालले स्वर्गीय बिदुर सापकाेटाकाे छाेरी विभु सापकाेटालाई राजनीतीमा आउन आग्रह गर्नु भएको छ। मंगलबार जिल्ला पार्टी कार्यालय काभ्रेले सापकाेटाकाे १३ अौ पुण्यतिथिमा आयाेजना गरेकाे श्रद्धाञ्जली सभामा उहाँले विभु सापकोटालाई राजनीतिमा लाग्न आग्रह गर्नु भएको हो ।
उहाँले , सापकोटाकी छाेरीले बुबाकाे पथमा आफू हिड्न चाहेकाे आशय व्यक्त गरेकाेले पार्टीले सहयोग गर्ने बाचा गर्नु भएको हो । भूषालले भन्नूभयो ,` सापकाेटा एक सरल र मिलनसार नेता हुनुहुन्थाे । त्यसैले आज फरक पार्टीका नेताहरुले पनि कार्यक्रममा सहभागीता जनाउनु भयो । आफुले सापकोटासँग बागमती प्रदेशका धेरै कार्यक्रममा काम गरेकाे अनुभव सुनाउँदै, उहाँले ,तय गर्नुभएको सत्य र निष्ठाकाे राजनीति पार्टीले अनुशरण गर्नेछ । भूषालले भन्नूभयो ।
बागमती प्रदेश स्कुल विभागका प्रशिक्षक समेत रहनु भएका सापकाेटाले अफ्ट्यारो परिस्थितिमा पनि सहज रुपमा कार्य सम्पादन गर्ने गरेकाे भूषालले स्मरण गर्नु भयो । एमाले कालमा जिल्लामा तीन पटकसम्म सचिव पदमा रहेर भूमिका निर्वाह गर्नु भएका सापकोटाकाे उच्च राजनितीक मूल्यांकन हुनु पर्ने उहाँको धारणा थियो ।

