माघ२१ साेमबार ,२०८१
काभ्रेपलान्चोक । बनेपाकाे बुडाेलमा `अंकुर प्रि स्कुल´ संचालनमा आएको छ। शैक्षिक सत्र २०८१/८२ मा संचालन हुने गरी` बसन्त पंञ्चमी´काे अबसरमा एक कार्यक्रम बीच स्कुल उदघाटन गरिएको हो । स्कुल उदघाटनमा काठमाडौ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रमुख अतिथी बनाइएको थियो ।
साेही कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि शर्माले आफ्नो समयमा मन्टेश्वरी स्कुलकाे अबधारणा नभएको र आफुलाई खासै त्यसकाे अनुभब नभएको बताउनु भयो । आफ्नो छाेरीले यसकाे बारेमा धेरै पटक बताएपछि मात्रै मन्टेश्वरीकाे अर्थ बुझेकाे शर्माकाे भनाइ थियो ।
बनेपा नगरपालिकाका उपमेयर विमला सापकोटा शुभदिन पारेर सुरु गरिएको स्कुल, गुणस्तरीय शिक्षाकाे मैदानमा प्रतिष्पर्धा गराउन सहयोग गर्ने साथै विद्यार्थीलाई विश्व बजारमा सहजै रुपान्तरण हुन सक्ने विद्यार्थी उत्पादन गर्ने भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । युवाले देश छाेडिरहेकाे अबस्थामा देशमै सम्भावना छ भन्ने आशा जगाउन उत्प्रेरित गर्न `अंकुर प्रि स्कुल´ले काम गराेस् भनी शुभकामना दिनु भयो।
संस्कृत गुरुकुलका संस्थापक अध्यक्ष मुकुन्द शर्माले बनेपा नगरकाे दाहिने कुनामा गुरुकुल स्कुल रहेको यसले विद्यार्थीलाई संस्कार सिकाउने ,देब्रेमा रहेको काठमाडौ विश्वविद्यालयले शिक्षा प्रदान गर्ने र बनेपा नगरपालिकाले क्षमता प्रदर्शन गर्ने स्थान दिने हाे भने बालबालिकाहरु सज्जन र ज्ञानी बन्न सक्ने सन्देश दिनु भयो ।
अर्का अतिथि रामप्रसाद अधिकारीले बालबालिकालाई उचित शिक्षा दिन नसके परिवार, समाज र देश विर्षन थालेकाे स्मरण गर्दै,त्यस प्रती ध्यान दिन अभिभावकहरुलाई सचेत गराउनु भयो । बालबालिकाले समाज नचिनेकाे ,घरकाे दु:ख र बुबा-आमा प्रती जिम्मेवार नभएको हो कि भनी प्रश्न गर्नु भयो । समाज र परिवारबाट नराम्रो कुरा छिटो सिक्ने भएकाेले बालबालिकासँग असल व्यवहार गर्न सुझाव दिनु भयो ।
सिद्धार्थ बनस्थली स्कुलकी प्राचार्य रेस्मा थापाले संचालन गर्नु भएको कार्यक्रममा सभापतित्व उक्त स्कुलका अध्यक्ष भेषराज शाहले गर्नु भएको थियो ।

