Site icon Tukinetwork.com

जिसस काभ्रेले गर्याे,संचारकर्मिसँग विभिन्न विषयमा अन्तरक्रिया

माघ ८ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति, काभ्रेले जिल्लामा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ। जिल्ला समन्वय समितिले गरेकाे वर्ष भरिका गतिविधिलाई संचारकर्मिहरुसँग सुझाव लिने उदेश्यले कार्यक्रम आयाेजना गरिएको थियो ।

जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपक कुमार गौतमको अध्यक्ष्ातामा मंगलबार धुलिखेलमा एक कार्यक्रम आयाेजना गरि जिल्लामा क्रियाशील संचारकर्मिहरुसँग आलोचनात्मक सुझाव लिइएको हो । जिसस काभ्रेले हरेक वर्ष उक्त कार्यक्रम गर्दै आएको छ।

काभ्रे जिल्लामा रहेर सेवा प्रबाह गरिरहेका संघीय तथा प्रादेशिक सरकारी तथा गैरसरकारी कार्यालय,१३ स्थानीय तह, विभिन्न संघ, संस्था र जनप्रतिनिधिहरुले गरेका / गर्ने गरेका कार्यलाई संचारकर्मिहरुले कसरी मुल्यांकन गरिरेका छन् र त्यस उपर कस्तो प्रतिक्रया छ भनि जिसस काभ्रेले संचारकर्मिसंग अन्तरक्रिया गर्ने अभ्यास गरेकाे जिसस प्रमुख दिपक कुमार गौतमले जानकारी दिनु भयो ।

उहाँले, `सचेत नागरिकको दर्जामा पर्ने संचारकर्मिहरुसँग धेरै विषयमा जानकारी हुने र खाेज पत्रकारीता गर्ने सिलसिलामा सुचनाका साथ साथै महत्त्वपूर्ण सुझावहरु पनि हुने भएकोले रचनात्मक सुझावलाई अनुशरण गर्ने बताउनु भएको छ।´ जिल्ला समन्वय समितिलाई प्रशंसा नगरी कमिकमजाेरी अौल्याइदिन अनुरोध गर्दै प्रमुख गौतमले भन्नू भयो,` तपाईंहरुकाे क्यामेरामा जे कैद भएको छ,कलमले जे लेखेकाे छ त्यस भित्र हाम्रो कमजोरी देखेमा सुधारेर जाने मौका मिल्ने छ। जिल्ला समन्वय समितिले प्रशंसा नचाहेको र रचनात्मक आलोचनाकाे अपेक्षा गरेको प्रमुख गौतमले बताउनुभयो ।

Exit mobile version