Site icon Tukinetwork.com

कान्छामान लामाकाे अध्यक्ष्ातामा प्रलेस काभ्रेको जिल्ला ११ सदस्यीय समिति चयन

पुस२९,आइतबार ,२०८१
काभ्रेपलान्चोक । प्रगतिशील लेखक सङ्घ जिल्ला समिती काभ्रे जिल्लाकाे तेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको ।कान्छामान लामा रक्तिमकाे अध्यक्ष्ातामा ११ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।

यस्तै उपाध्यक्ष नवराज दाहाल उत्साही, सचिव दिनेश खरेल ,सहसचिव मुरहरी रायमाझी, कोषाध्यक्ष, शारदा कुमारी पौडेल,सदस्यहरु सरस्वती चिमौरिया,श्रीकृष्ण पाण्डे,सुजन सबल,रामेश्वर आचार्य, राधिका घिमिरे चयन हुनु भएको छ।

उक्त कार्यक्रममा कवि सुशिला विष्टको कृति लाेकार्पन गरिएको थियो । निवर्तमान अध्यक्ष भवानी पाण्डेले जिल्ला अधिबेशन बाट सर्वसम्मत चयन हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ।

Exit mobile version