Site icon Tukinetwork.com

रास्वपा सभापति लामिछानेलाई धरौटीमा छाेडन अदालतकाे आदेश

पुस २५ बिहीबार ,२०८१
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवी लामिछानेलाई ६५ लाख धरौटीमा छाेडन कास्की जिल्ला अदालतले आदेश गरेको छ। आज दुबै पक्षका वकिलहरुकाे बहस पछि भएको सुनुवाइमा लामिछानेलाई धरौटीमा छाेडने आदेश भएको हो ।
संघीय सांसद समेत रहनु भएका लामिछानेलाई अदालतले बाेलाएकाे बेला उपस्थित हुने गरि तारिखमा छाेडिएकाे रास्वपा स्राेतले जनाएको छ।
रास्वपा नेता तथा संघीय मामिला विभागका सचिव बदन कुमार भण्डारीका अनुसार लामिछानेले न्यायाधीश अनुराेध गर्दै आफूलाई छाेडिदिन भन्नू भएको थियो । लामिछानेले भन्नू भएको थियो ,` श्रीमान म अदालतले बाेलाएकाे समयमा उपस्थित हुने छु । बाहिरी रहेर मुद्दा लड्ने छु । सहकारी पीडितलाई सरकारले कसरी न्याय दिने छ हेर्ने छु साथै आफूपनि सहकारी पीडितलाई सघाउने छु।´ भण्डारीले टुकी नेटवर्कसंग भन्नू भयो ।

Exit mobile version