Site icon Tukinetwork.com

काङ्ग्रेसको अड्डामा रास्वपाकाे हस्तक्षेप ,राेजिना श्रेष्ठ विजयी

मंसिर १७ साेमबार ,२०८१,
काठमाडौं । नेपाली काङ्ग्रेस र एमालेकाे मजबुद संगठन भएको महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ। स्थानीय तह निर्वाचनमा रास्वपा की रोजिना श्रेष्ठ विजयी हुनुभएको छ।

रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिष्पर्धि एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो स्थान हासिल गर्नु भएको थियो ।

स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले वडा अध्यक्ष जितेकाे थियो , भने यस पटक काङ्ग्रेस तेस्रोमा स्थानमा खुम्चिनु परेको छ। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएका थिए।

Exit mobile version