Site icon Tukinetwork.com

सर्वोच्चकाे फैसलाले सरकारी जग्गा माेहीकाे नाममा फिर्ता

मंसिर,१६ आइतबार २०८१
काठमाडौ । महानगरपालिका ९ सेताेपुलमा उद्योग मन्त्रालयकाे नौ राेपनी १४ अाना १ पैसा ३ दाम जग्गा माेहीकाे नाममा फर्किएको छ।  धाेबीखाेलाकाे सरकारी जग्गामा १० माघ ०५६ मा सर्बोच्च अदालतले खारेज गरिदिएको थियो । माेहीहरु श्रीकृष्ण महर्जन , चन्द्र माया महर्जन ,विद्या देवि श्रेष्ठ र शान्ति महर्जनकाे पुनरावेदनमा सर्बोच्चले माेहीकाे पक्षमा फैसला गरेकाे छ। यस अधि सर्बोच्चले नै मुद्दा खारेज गरेकाे थियो ।

न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्माकाे इजलासले माहीकाे पक्षमा क्षतिपूर्ति सहित मुआब्जा दिने फैसला गरिदिएकाे हो  । ०८०,चैत १ मा फैसला भएर हालसालै पू्र्णपाठ सार्वजनिक भएको थियो ।

सर्बोच्चकाे साे निर्णय प्रती पूर्व उद्योग मन्त्री साेम प्रसाद पाण्डेको असहमति रहेको छ । उनी मन्त्री हुँदा विविध बाधा हटाउँदै जग्गा सरकारकाे नाममा ल्याएका थिए। `उक्त जग्गामा ठुलो गिराेहकाे चलखेल थियो ।बिचौलियाहरु  विभिन्न प्रस्ताव लिएर आए, तर आफैंले सर्बोच्चमा बहस पैरवी गरि जाेगाएकाे उनलेे स्विकारे ।´  सरकारी जग्गा भएको कुनै विवाद छैन । मुआब्जाकाे विषय पहिल्यै टुङ्गो लागेकाे पाण्डेको भनाइ छ।

Exit mobile version