दिनेश राज खरेल
साहित्यकाे इतिहासमा एउटा नयाँ कृतिले प्रवेश पाएकाे छ। उक्त कृति उपन्यास रुपिका हो । हुन त रुपिका २०७९ सालमा प्रकाशित भएकाे कृति हो । यो उपन्यास धेरै पाठकले पढनु जरुरी छ। विषेशत यो उपन्यास कक्षा १० देखि प्लस टु का विद्यार्थीहरुले पढेर केही सिक्न र मनाेरञ्जन लिने खालकाे छ भन्न सकिन्छ । सामाजिक बिद्राेहलाई आत्मासाथ गरेकाे कृतिले जात भन्दा मानवीय धर्मलाई अनुशरण गर्ने प्रयास गरेकाे देखिन्छ ।
लेखक केशब घिमिरेको उपन्यास रुपिका एक आधुनिक प्रेम कथामा आधारित सामाजिक कथाबस्तु हो। कथालाई सरल भाषामा प्रस्तुत गर्ने कला प्रदर्शन गर्दै लेखक घिमिरेले कथालाई गाउँमा बस्ने प्रेमि र शहरमा पढदै गरेकाे प्रेमिकाकाे वास्तविक घटना पाठकलाई पस्कनु भएको छ।
गाउँ घरकाे परिबेशमा हुने स- साना गतिविधि , कुराकानी , बाेलीचाली , कामधन्दा आदि विषय उपन्यासमा सशक्त रुपमा उठान भएको पाइन्छ । उपन्यास सुरुदेखि अन्त्यसम्म पढन कहिँ कतै अड्कनु पर्ने छैन । सरल भाषाशैली नै उपन्यासकारकाे विषेशता रहेको छ।
एउटा ब्राह्मणकाे छाेराे र क्षेत्रीकि छाेरी ,बीच साथी-साथिकाे आत्मिय भावना कसरी नजाँनीदाे तरिकाले प्रेममा परिणाम हुन गयो भन्ने चित्रण गरिएको छ। प्राध्यापक डाक्टर कृष्णहरि बराल घिमिरेको उपन्यास माथि टिप्पणी गर्दै लेख्नु हुन्छ,` रुपिका उपन्यास प्रेम कथामा आधारित छ र प्रेम जातीयता भन्दा माथि हुन्छ भन्ने निष्कर्ष सहित कथा संयाेगान्तमा टुङ्गिएकाे छ। सिन्धुली जिल्लालाई मुल क्षेत्र बनाएर लेखिएको उपन्यासमा त्यहिकाे बर्णन गरिएको छ। वर्गीय भन्दा पनि व्यक्ति चरित्रको प्रयाेगले कथामा आधुनिक र परम्परागत समाजबीचकाे द्वन्द्व पाइन्छ ।´
उनले कथामा प्रेमिकासँग फाेनमा कुरा गर्दा मात्रै पनि मनमा एक प्रकारकाे शक्ति संचार हुने उल्लेख गर्दै, माया भन्ने कुरा कस्तो कस्तो हो? बुझ्न नसक्ने रहेछ भनी स्विकार गरेका छन् । बाहुनकाे छाेरा केशर र क्षेत्री काजी खान्दानकी छाेरी रुपिकालाई परिवार र समाजले के? भन्ला भनि मनाेवैक्षानिक रुपमा त्रासित हुँदै प्रश्न गरेका छन् ।
उपप्राध्यापक टेकनाथ दहालले पनि घिमिरेको किताब माथि आफ्नो धारण लेखेका छन् । उनी लेख्छन् ,` आधुनिक प्रेमिकाकाे नाम रुपिका हो । पुरुषसत्ता कमजाेर भएको बेला पात्र आफैले प्रेम अगाडि बढाउन असमर्थ हुन्छ।केशरले चाहँदैमा केही हुदैन र प्रेममा एक सौहार्दता छ। पारिवारिक मर्यादा छ।जातकाे जालाेले प्रेम कुण्ठित पार्न सक्दैन ।सद्भाव र सहयोगले दुई परिवारलाई एक बनाएको छ। पत्रहरु स्वेच्छिक रुपमा बाँचेका छन् ।काजी र शर्मा परिवारमा कुनै गुनासाे छैन। उनिहरुकाे प्रेम आदर्शमय छ। ´ उपन्यासकार घिमिरेको कथामा विद्वानहरुले पनि प्रशंसा गरेका छन् ।
इन्डिगाे प्रकाशनले बजारमा ल्याएको उक्ति पुस्तक १६८ पेजकाे छ। पाठकलाई माेहित पार्न कथाले पढदै जाँदा अझ अगाडि के कस्ता घटना घटछन् हाेला भनी जिज्ञासा उत्पन्न गराउँछ। लेखकले केही समाजमा घटने वास्तविकता, केही आफ्ना अनुभव ,केही समय र सन्दर्भसँग मेल खाने विषय उठान गर्नु भएको छ। उपन्यासकाे समग्रतामा लेखक सफल भएको मान्न सकिन्छ ।

