Site icon Tukinetwork.com

अल्छेभन्ज्याङ,लुकुवा ,छिर्के स्थानीय सडक नखुल्दा नागरिक  मर्कामा

मंसिर ४ मंगलबार  ,२०८१
काभ्रेपलान्चोक ।  गत असाेज दास्राे सात आएकाे बाढी पहिराेले  बन्द भएको पनौती ११ स्थित अल्छे भन्ज्याङ ,लुकुवा ,छिर्के सडक खण्ड सुचारु हुन सकेकाे छैन । उक्त सडकमा खसेकाे पहिराे नपन्छाउँदा बाटाे चल्न नसकेको स्थानीयहरुकाे गुनासो रहेको छ।

बल्थलि ,नेपाने हुँदै कामिडाँडा पुग्ने साे सडक खण्डको पनौती ११ स्थित जुरेथुम्कासम्म गत हप्ता नै बाटाे खाेल्ने कार्य सम्पन्न भएको स्थानीय समाजसेवी टीका प्रसाद हुमागाँईले जानकारी दिनु भयो ।  बेथानचाेक गाँउपालिका वडा नम्बर ५ काे सिमाना रहेकाे जुरेथुम्का देखि छिर्केसम्मकाे ७ सय मिटर बाटाेकाे पहिराे हटाउने कार्य नहुँदा अबराेध सिर्जना भएको छ।

उक्त सडक खण्ड बल्थलिदेखि लुकुवा हुँदै कामिडाँडासम्म पुग्दा ११ किलाे मिटर छाेटाे पर्ने बताइन्छ । साे बाटाे नखुल्दा छिर्के,  कामिडाँडा ,च्याल्टी,साेचे र हुमाङका बासिन्दाहरु मर्कामा परेका छन्।  बागमती प्रदेश सरकारकाे ३० लाख र पनौती नगरपालिका  वडा नम्बर ११ ले  ५ लाख विनियोजन गरेको बजेटबाट निर्माण सम्पन्न सडक आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको १० लाख रुपैयाँबाट ट्याक खन्ने काम सुरु भएकाे थियो ।

स्थानीय समाजसेवी हुमागँाईका अनुसार , ` आर्थिक वर्ष २०७९/८०मा बागमती प्रदेशका पुर्व श्रम ,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल र पुर्व कृषि तथा पशुपन्छि विकास मन्त्री बसुन्धरा हुमागाँईले संयुक्तरूपमा उदघाटन गर्नु भएको थियो । `

अन्तिम चरणमा सडक निर्माण उपभोक्त समितिका अध्यक्ष रेसम बहादुर तामाङकाे सकृयतामा निर्माण सम्पन्न सडककाे शिलान्यास र उदघाटनकाे सिलसिलामा दुई वटै वडाका वडा अध्यक्षहरु क्रम विपेन्द् लामा र राजकुमार वाइवाकाे उपस्थिति रहेको थियो ।

Exit mobile version