Site icon Tukinetwork.com

सभापति लामिछाने पक्राउ परेपछि रास्वपा काभ्रेको सरकार विरुद्ध प्रदर्शन

कार्तिक ३ शनिवार ,२०८१
काभ्रेपलान्चोक । सभापति रवी लामिछानेलाई सहकारी र संगठित अपराधमा पक्राउ गरेकाे विराेधमा राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले प्रदर्शन गरेको छ। काभ्रेको बनेपा स्थित चारदाेबाटाेमा रास्वपाका नेता ,कार्यकर्ताहरुले बृहत् प्रदर्शन सहित काेण सभा गरेका हुन ।

प्रदर्शनकारीले सहकारी ठगिमा रवी लामिछाने निर्दाेष छन् , भ्रष्ट सरकार मुर्दाबाद , भ्रष्टाचार विराेधि प्रतिराेध आन्दोलनमा जुटौ जस्ता नारा लेखिएका प्लेकार्ड बाेकेका थिए। उक्त विराेध कार्यक्रममा केपी ओलि सरकार विरुद्ध नाराबाजी गर्नुका साथै गृहमन्त्रीको राजिनामा माग गरिएको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै रास्वपाका युवा नेता तथा सार्वजनिक मामिलाका केन्द्रीय सचिव बदन कुमार भण्डारीले निलाे क्राान्तिलाई निस्तेज गर्ने सुनियाेजित षडयन्त्र भएको भन्दै आक्राेष पाेख्नु भयो ।

काेण सभामा बाेल्दै रास्वपा काभ्रेका नेता दिनेश हुमागाँईले रवि लामिछाने गृहमन्त्री हुँदा आफुले संचालन गरेकाे मिडिया मालिकलाई दाेहाेराे र नक्कली नागरिकतामा कार्वाही गरेकाले अहिलेकाे सरकारले प्रतिशाेध साँधेकाे आराेप लगाउनु भयो। उहाँले दलाल र माफियाकाे पक्षपाेषण गर्ने सरकारबाट राम्रो कामकाे आश गर्न नसकिने बताउनु भयो । यस्तै अर्का नेता जे एन सापकोटाले भाटभटेनिका मालिक मीन बहादुर गुरुङसँग लिएको जग्गा र पैसाकाे विवाद डाइभर्ट गर्न ओलिले चलाखी देखाएकाे बताउनु भयो ।

Exit mobile version