असाेज १७ ,बिहीबार ,२०८१
लेखक :- उत्तम बज्राचार्य
तन्त्रमा डाकिनी (दशैमा डाकिनी कै साधना हुन्छ)
डाकिनी को हो त ?
डाकिनी भनेको तन्त्र साधनामा सिद्धि प्राप्त गरेका सिद्धिनीहरुलाई भनिन्छ। जो सिद्ध प्राप्त गुरुसँग बसेर बर्षौ सम्म कठोर साधना गरेर दिक्षा प्राप्त गरेका र सिद्धि प्राप्त गरेका साधिकाहरुलाइ नै डाकिनी भनिन्छ।
यो डाकिनीको इतिहास हेर्ने हो भने बुद्ध कालिन समयमा धेरै सक्रिय भएको पाउछौं।
बुद्धले अफ़गानिस्थानको त्यस समयको पर्बतको नाम (अपरा पर्बतमा) डाकिनीहरुलाइ प्रत्यक्षे प्रकट गरेर वा (प्रत्यक्षे करण) गरेर आफ्ना अनुयाईहरुलाई चक्र सम्मरको शिक्षा र गोप्य दिक्षा प्रदान गर्नु भएको थियो।
पद्मसम्भबले त डाकिनी संगै बस्ने र कुनै पनि समस्या समाधान गर्न वा राम्रो काम गर्न डाकिनीलाइ नै धेरै प्रयोग गरेका धेरै उदाहरणहरु छन्।
शिव भगवानको कुरा गर्ने हो भने डाकिनीहरु संगै उठबस गर्ने र डाकिनीलाइ नै वरिपरि राखेर बस्ने गर्नु हुन्छ । डाकिनीहरु उग्ररूपको हुन्छ त्यसैले शिव भगवानको दक्षियानमा मान्छे पोल्ने मसान नै हुन्छ। उदाहरणको रुपमा पशुपतिलाइ लिन सकिन्छ अरु धेरै छन्।
जहा जहा डाकिनीको मन्दिर हुन्छ त्यहा त्यहा मसान हुन्छ। सो मन्दिरलाई विभिन्न देबीको नामले पुकारिन्छ।
डाकिनी धेरै प्रकारका हुन्छन। ।
डाकिनीहरु बिभिन्न प्रकारका सिद्धि प्राप्त गरेका विभिन्न किसिमका डाकिनी हुन्छन। यसमा म केहीको मात्र जानकारीको लागि प्रस्तुत गर्छु। बृस्तृत जानकारी दिक्षा प्राप्त नगरेकालाई बताउन मिल्दैन पनि भनि हाले पनि यो हाम्रो साधारण सरीरले थाम्न सकिदैन पनि। यो प्रत्यक्षे करण गरेर देखाउन सकिन्छ पनि। यो बिभिन्न तान्त्रिक पूजापाठमा, साधनामा अत्ति गोप्य रुपमा बोलाइ तान्त्रिक साधना गर्ने गरिन छ।
डाकिनीहरुका केहि सिद्धिहरु
(१) समसान सिद्धि प्राप्त गरेका
(२) खेचारी सिद्धि प्राप्त गरेका
(३) अघोर सिद्धि प्राप्त गरेका
(४) सम्भोगकाय सिद्धि प्राप्त गरेका
अरु पनि थुप्रै सिद्धिहरु हुन्छन
डाकिनीको स्वरुप
(क) विभिन्न मुन्दमाला लाएर मानब खप्पर बोकेर हिडने वा मानब खप्परमा नै भोजन गर्ने हुन्छन।
(ख) रगत मासु बलि खाने हुन्छ।
(ग) विभिन्न् दानब रक्षेस दैत्यको सम्भार गरि राखेका हुन्छ ।
(घ) क्रोधी तर बिर आचरण भएका हुन्छ।
डाकिनीका विभिन्न आसनाहरु
(१) आलिङ्गनका आसनहरुमा बसेका
(२) पुरुसलाई आसन बनाएर सरीर नढाकी बसेका
(३) मैथुन कार्यमा लिन भएर बसेका
(4) उग्र स्वरुपमा बिभिन्न मुद्रामा बसेका
(५) एक्कलै विभिन्न आसनमा बसेका
अरु पनि आशनमा बसेका हुन्छन।
डाकिनीका तिन लोकमा भेट्टाउन सकिन्छ ।
पहिलो :- परलौकिक (आकास लोक भन्दा माथि हुन्छ)
दोश्रो :- अलौकिक (आकास र पृथ्बीको बिचको लोकमा हुन्छ)
तेश्रो :- लौकिक (यहि लोकमा हामि संगै पनि हुनसक्छ)
दोश्रो र तेश्रो डाकिनीलाई तान्त्रिकहरुले साधानामा भेटि राखेको हुन्छ।
कुनै त तपाई हामि संगै पनि हुन सक्छ।
(त्यसैले नेपालको विभिन्न जात धर्ममा छोरीलाई पुज्ने छोरी चेलीलाई भेट्ने बित्तिकै सानो ठुलोको भेदभाब नगरी खुट्टा मै ढोग्ने पनि गरिन्छ ।)
त्यसैले महिलालाई देबीको रुपमा पुजिने गरिन्छ हाम्रो समाजमा।
कुमारीलाई त राजाले पनि खुट्टामै ढोग्ने गर्छ।
डाकिनीको साधना किन पिठ वा मसान मै गरिन्छ त ?
साधना गर्न कम्तिमा यो तिन भौतिक रुपमै उपलब्ध हुनु पर्छ।
अग्नि :- उर्जाको श्रोत
जल :- उर्जाको श्रोत
वायु :- उर्जाको श्रोत
यसलाई त्रितत्व ज्ञान पनि भनिन्छ। यसमा अरु धेरै उर्जाको ज्ञान पनि हुन्छ।
साधनामा फाइदा
*भौतिक सुख सुबिदा आकर्षित र प्राप्त गर्न सक्ने हुन्छ।
*जस्तो सुकै बाधा बेबधान प्रलयलाइ रोक्न सक्ने हुन्छ।
*अध्यात्मिक ज्ञान तान्त्रिक शक्ति प्राप्ति गर्न सक्ने हुन्छ।
*रोग, कस्ट, पिडा, अकाल मृत्युलाई रोक्न सक्ने हुन्छ ।
*पुरुषलाइ संचालन गर्ने शक्ति प्रकृतिलाई पनि डाकिनी भनिन्छ ।
यो दसैमा यी डाकिनीको साधना गर्ने भएकोले यसमा कुनै जात धर्मको कुनै भेदभाब हुँदैन। मलाइ थाहा भए सम्म सबैले कुनै न कुनै रुपमा डाकिनीको साधना आराधना गरेकै हुन्छ।
जब डाकिनी साधना गर्नेहरुले कुनैं कुनै रुपमा बलि दिएकै हुन्छ। पशु बलि अनिवार्य छ। तर पशु बलि नदिनेले उखु, अदुवा, कुभिन्डो, अण्डा, लगाएतको बलि दिन्छ। डाकिनी उग्ररुप हुने भएकोले रातो नै टिका लगाउनु पर्छ।