Site icon Tukinetwork.com

बनेपा महाेत्सव सुरु,फरक फरक दिन कलाकारकाे प्रस्तुति

असाेज ४, शुक्रबार 
काभ्रेपलान्चोक । अधिल्लाे वर्षहरु जस्तै बनेपा ब्वाइज क्लबले नियमित गर्दै आएको बनेपा महाेत्सब सुरु भएको छ। दशै तिहार लक्ष्यित महाेत्सब असाेज चार गते भब्यताकाे साथ उदघाटन गरिएको थियो ।

 

यो महाेत्सब पाँचौ संस्करण हो । उदघाटन कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री कुन्दन राज काफ्लेकाे आतिथ्यतामा भएको थियो । शुक्रबार बनेपाको चार दाेबाटाेबाट झाँकी सहितको र्यालि महाेत्सब स्थल उग्रेश्वरकाे प्राङ्गणमा लगिएको थियो ।

महाेत्सवकाे सफलताको शुभकामना दिदै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले मेला महाेत्सवले व्यापार व्यवसाय चलायमान हुने र आर्थिक क्षेत्रमा सकारात्मक भूमिका खेल्न मद्दत गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा अन्य बक्ताहरुले पनि आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो । महाेत्सव भरि विविध खाले प्रतियाेगिता गराइने छ। खेल क्षेत्रलाई टेवा पुग्ने तरिकाले मेलालाई उपयाेग गरिने आयाेजकले पत्रकार सम्मेलन मार्फत बताइसकेका छन् ।

असाेज १९ गते सम्म चल्ने महाेत्सवमा विभिन्न विधाका कलाकारले आफ्नो प्रस्तुति देखाउने छन् ।

Exit mobile version