Site icon Tukinetwork.com

हिन्दु महिलाहरु तीज मनाउँदै, शिवालयहरुमा घुइँचो

भाद्र २१ शुक्रबार
काठमाडौ । आज देशभरि हिन्दु धर्मावलम्बी महिलाहरुले हरितालिका तिज मनाइरहेका छन् । परापुर्वकालदेखि मनाउँदै आइएकाे तीज विशेष महिलाको चाड भनेर व्याख्या गरिन्छ।

संस्कृत भाषाबाट आएको शब्द मिलेर हरितालिका शब्द बनेको छ । सत्ययुगमा पर्वतीले महादेव पति पाउ भनी गरेको तपस्यामा बाधा उत्पन्न भएपछि सखिहरुले जंगलमा लगी राखेको तथ्यबाट सुरु भएको यो चलन आज पनि जिवितै छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनु भएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

उपवास ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम ’, हुने संस्कृतिविधहरुले बताएका छन् । यो व्रत गर्नाले परिवारमा सुख, शान्ति , आराेग्य प्राप्त हुने मान्यता रहेको छ।

घर घरका महिलाहरुले परिवारमा सबैलाई राम्रो हाेस भन्ने कामनाले एक उर्जा प्रदान गर्दछ। किनभने मातृशक्ति एक महाशक्ति भएकोले मातृशक्तिकाे आरधनाले भगवान पनि शरणमा आउन बाध्य हुनेछन् । धार्मिक शास्त्रका ज्ञाता डि. पि .आत्रेयका अनुसार ,”पार्वतीकाे कठाेर तपस्याकाे उपेक्षा गर्न नसकेपछि महादेव रुप परिवर्तन गरि पार्वती भएको स्थानमा आउनु भएको कथा शाश्वत सत्य रहेको उहाँको तर्क छ। “

आज देश भरका शिवालयहरुमा महिला भक्तजनकाे भिड लाग्ने गर्छ । शिव मन्दिरमा पुजाआज गरि त्यहि नै तिजका गितमा नाचगान गर्ने र रमाइलो गर्ने चलन छ। साथि संगि ,दिदीबहिनी , आपसमा मिलेर मन्दिर जाने र दिनभर नाचगान र भजन किर्तनमा सरिक महिलाहरु साँझ भगवान शिवकाे आरती गरेर दूध, फलफूल लगायत फलाहार गरि भाेलि बिहान व्रत समापन गर्ने गर्छन् ।

पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । भाद्र शुक्ल तृतीया, चतुर्थी, र पञ्चमिकाे दिन सप्त ऋषिकाे पुजा गरेर तिज समापन हुन्छ।

‘सर्वतः आत्मानं गोपायेत अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने शाष्त्रज्ञहरुकाे भनाइ छ । ’स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद्हरु बताउँछन् ।

Exit mobile version