Site icon Tukinetwork.com

गोरखा-काठमाडौँ सम्पर्क मञ्चद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

लेखनाथ सिकारु , भदौ १६ आइतबार

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ), गोरखा-काठमाडौँ सम्पर्क मञ्चले २०८१ सालको हरितालिका तथा तीज पर्वको अवसरमा तिज विशेष कार्यक्रम आयोजना ग¥यो । 

 शनिबार काठमाडौँको गोङ्गबुस्थित सौगात पार्टी प्यालेसमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका  नवनिर्वाचित सचिव श्रीनाथ बराल प्रमुख अतिथि थिए ।    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य द्वय विजय गुरुङ, दिलकुमारी पन्त (दिलु), केन्द्रीय सदस्यहरू विश्वेश्वर कट्टेल, सानुमाया बस्नेत, उदया शर्मा, डा. सीता ढुङ्गाना, केन्द्रीय परिषद् सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटीका सदस्य पिताम्बर सिंखडा, गण्डकी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष जगन्नाथ अधिकारी, गोरखा जिल्ला पार्टीका सचिव नारायणध्वज खड्का, सम्पर्क विशेष प्रदेश कमिटीका सदस्य दोर्णबहादुर अधिकारी, केन्द्रीय परिषद् सदस्यहरू गोकुल थापा, सुजन सापकोटा, सम्पर्क मञ्चका सल्लाहकारहरू शालिग्राम कट्टेल, शशीकला पराजुली, सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँ, उपाध्यक्ष, सचिव आकाश अर्याल, आर्थिक विभाग प्रमुख आरजी शर्मा, उपसचिव आशा केसीलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । दुई सत्रमा विभक्त उक्त कार्यक्रमको पहिलो सत्रलाई उद्‌घाटन तथा शुभकामना सत्रको रुपमा सञ्चालन गरिएको थियो । 

कार्यक्रम सम्पर्क मञ्चकी सचिव मीरा खत्रीले स्वागत मन्तव्य राखेकी थिइन् भने विभिन्न सांस्कृतिक प्रस्तुतिका बिच सम्पन्न कार्यक्रमको औचित्य र सम्पर्क मञ्चले वार्षिक योजना तय गरी भए-गरेका कामकारबाहीको बारेमा अध्यक्ष विश्वज्योति बानियाँले सङ्क्षिप्त रुपमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका सचिव श्रीनाथ बरालले पार्टीको १० औँ महाधिवेशनले कार्यकर्ता पंक्तिमा आशाको सञ्चार जगाएको र पार्टी सङ्गठनलाई व्यवस्थित ढंगले सक्रिय रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । पार्टी सङ्गठनलाई क्रियाशील तुल्याउन आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्ने उनले बताए । यसै गरी पोलिटब्युरो सदस्य विजय गुरुङले तीज गीतले समाजमा पारेको प्रभाव र संगठन निर्माणमा यस्ता रचनात्मक कार्यक्रमले पारेको सृजनात्मक सहयोग उत्साहजनक हुने बताउँदै सङ्गठन निर्माणमा गोरखा-काठमाडौँ सम्पर्क मञ्चले गरेका गतिविधि उदाहरणीय रहेको बताए । 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पोलिटब्युरो सदस्य दिलकुमारी पन्त (दिलु) ले तीज कार्यक्रम महिलाको मात्र नभएर नेपाली समाजको पर्वका रुपमा मनाउनु उचित हुने र यस्ता चाडपर्वले सांस्कृतिक सुसम्बन्ध स्थापित गराउने मात्र होइन संगठन निर्माण समेत टेवा पुग्नेमा विश्वास व्यक्त गरीन् । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा पार्टीका केन्द्रीय सदस्य विश्वेश्वर कट्टेलले तीज पर्वको दार्शनिक पक्षबारे बताउँदै यो हिन्दुहरूको मात्रै चाड हो वा हिन्दु संस्कृतिको पर्व हो  भन्नेमा प्रस्ट हुनुपर्ने बताए । 

यसै गरी तीज पर्व एउटा सहसम्बन्धको पर्व भएको बताउँदै यस्ता कार्यक्रमले संगठन निर्माणमा सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे  । यसै गरी केन्द्रीय सदस्य सानुमाया बस्नेतले तीज पर्व र यस अवसरमा आयोजना यस्ता कार्यक्रमले संगठन सक्रिय हुनुका साथै गोरखा जिल्ला पार्टी र सम्पर्क मञ्चबिच सुसम्बन्ध कायम गर्दै संगठनलाई क्रियाशील तुल्याउन आवश्यक रहेको बताइन् । यस्ता कार्यक्रमले आम कार्यकर्तामा पुनर्ताजगी ल्याउन मद्दत पु¥याउने उनको धारणा थियो  । केन्द्रीय सदस्य उदया शर्माले तिज विशेष कार्यक्रम आयोजना गरेर गोरखा-काठमाडौँ सम्पर्क मञ्चले उदाहरणीय काम गरेको बताउँदै यस्ता कार्यक्रम नियमित रुपमा गर्न अनुरोध गरीन्  । यस कार्यक्रमबाट आम कार्यकर्तामा उत्साह ल्याएको उनको भनाइ थियो । केन्द्रीय सदस्य डा. सीता ढुंगानाले कार्यक्रममा शुभकामना व्यक्त गर्दै समय सापेक्ष आफ्नो स्तरलाई समेत ख्याल गरेर चाड मनाउनु पर्नेमा जोड दिईन् । 

कार्यक्रमको दोस्रो सत्रको अध्यक्षता तीज विशेष कार्यक्रम समितिका संयोजक तथा सम्पर्क मञ्चका उपसचिव आशा केसीले गरिन् । उक्त सत्रमा कलाकार पुष्पा परियार, बाल कलाकार तथा प्रौढ कलाकारका साथै सयौँ नेता कार्यकर्ताले सांस्कृतिक प्रस्तुति पस्केका थिए  । विभिन्न गीतमा उपस्थित नेता कार्यकर्ता हर्सोल्लासपूर्वक नाचगानमा सहभागी हुनुभएको थियो । सम्पर्क मञ्चका सचिव आकाश अर्यालले यस्ता अतिरिक्त क्रियाकलाप र मनोरञ्जनात्मक कार्यक्रमले सम्पर्क मञ्चलाई सांगठानिक रुपमा विस्तारित हुन सहयोग पु¥याउने बताए । 

सम्पर्क मञ्चले सांस्कृतिक, सिर्जनात्मक कार्यक्रमहरुलाई आफ्नोे क्यालेन्डरअनुसार नै नियमित गर्दै जाने निर्णयअनुसार यो कार्यक्रम सम्पन्न भएको सम्पर्क मञ्चका आर्थिक विभाग प्रमुख आरजी शर्माले बताए । कार्यक्रममा तिज पर्वका खाइने गरेको सांस्कृतिक संस्कारअनुसारको ‘दर’ सहभागीहरुलाई खुवाइएको थियो ।

Exit mobile version