१९ साउन ,२०८१
काभ्रेपलान्चोक । जिल्लाकाे पनौती नगरपालिका स्थित वडा नम्वर ३ लिलावती खाेला पाटिचौर पुल उदघाटन भएको छ। आज शनिबार बागमती प्रदेश सरकारका निवर्तमान कृषि तथा पशुपन्छि बिकास मन्त्री बसुन्धरा हुमागाँईले एक कार्यक्रम बीच उक्त पुल उदघाटन गर्नु भएको हो ।
बागमती प्रदेश सरकारकाे बजेटमा निर्माण सम्पन्न भएको पुलबाट पनौती वडा नम्बर ३ र बनेपा वडा नम्वर १४ जनता लाभान्वित हुने नेता हुमागाईले जानकारी दिनु भयो । पुल नहुँदा स्थानीय जनताले भाेग्नु परेको पीडा समाधान भएको भन्दै स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । स्थानीयहरुका अनुसार साे पुल बनाउन नेता हुमागाईले विषेश पहल गर्नु भएको थियो । उहाँले पुलकाे एकपट्टि प्रबेश स्थानमा दुइवटा फुलकाे थुङ्गा चढाएर उदघाटन गर्नु भएको हो ।
आर्थिक वर्ष२०७९/८०मा निर्माण सम्झौता भएको याेजनामा भगवती निर्माण सेवा कम्पनीले २ कराेड ६६ लाख ७२ हजारकाे लागतमा सम्पन्न गरेको हो । साथै नेता हुमागाँईकाे पहलमा आशापुरी साँगा सडककाे १३ करोडकाे काम सम्पन्न बाकी सडक को निर्माण क्रमागत योजना मा रहेको छ
उदघाटन कार्यक्रममा पनौती नगरपालिका वडा नम्वर ३,१२ र बनेपा १४ का वडा अध्यक्षकाे उपस्थिति रहेको थियो । पशुपति मन्दिर संरक्षण समिति र लिलावती पुल निर्माण उपभोक्त समितिले संयुक्तरूपमा गरेको कार्यक्रममा स्थानीय उपभोक्त तथा जनप्रतिनिधिहरुकाे बाक्लो उपस्थिति थियो ।

