Site icon Tukinetwork.com

नेकपा एसमा भविष्य छैन भन्नेहरु निराशावादी हुन : अध्यक्ष नेपाल

असार ३ साेमवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादीकाे भविष्य छैन भन्नेहरु भगौडा भएको आराेप लगाउनु भएको छ। साेमवार अनेमसंघ (समाजवादी )काे मुखपत्र  महिला संकल्प भाग २ विमाेचन कार्यक्रममा बाेल्दै समाजवादीमा भविष्य नदेख्नेहरु निराशावादी र भगौडा मानसिकताले ग्रस्त भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो,”पार्टीको भबिस्यबाणी गर्दै हिड्नेहरु पार्टीबाट टाढा हुने छन् ।  तिनिहरु अबसरलाई समस्या देख्छन् तर चुनौतिकाे सामना गर्न सक्दैनन् । हिजाे अफ्ट्यारो परिस्थितिमा सतिसाल भएर बस्नेहरु आज पनि निरन्तर लागिरहेका छन ,र उनिहरु लक्ष्यमा पुग्ने छन् । जसले अगाडि पुग्ने बाटाे देखेकाे छ उसले अनाबश्यक कुरा गरेर समय खेर फाल्दैन ” । अबका दिन झन सुनौलो र धेरै सम्भमवनाकाे रहेको छ , अध्यक्ष नेपालकाे भनाइ रहेको छ।

निरन्तरता र अठाेटले मात्रै निश्चित गन्तव्यमा पुगिने भन्दै महिला मुक्तिकाे निम्ति महिलाले गरेका आन्दोलन र संघर्षले उनिहरुलाई फूल झै सुन्दर बनाउदै लगेकाे धारण व्यक्त गर्नु भएको छ। महिलाहरुले “पर सरेकाे” भन्ने शब्दलाई नयाँ शब्द निर्माणका निम्ति छलफलमा ल्याउन  आग्रह गर्नु भयो ।

Exit mobile version