Site icon Tukinetwork.com

गृहमन्त्रीको विराेध गर्ने काङ्ग्रेसप्रती ओलिकाे कटाक्ष

जेष्ठ ,२
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के. पि. शर्मा ओलिले संसदकाे प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले गृहमन्त्री रवी लामिछानेको विराेध गर्नु नैतिक रुपले सहि नभएको आशय व्यक्त गर्नु भएको छ। बुधबार  संसदीय दलकाे बैठकमास बाेल्दै अध्यक्ष ओलिले काङ्ग्रेसलेले आफू अनुकुल सरकार बनाउन असफल भएको रिस गृहमन्त्री माथि थाेपरेर संसदमा बखेडा निकालेकाे बताउनु भएको हो ।

उहाँले भन्नू भयो ,” नेपाली काङ्ग्रेस भ्रष्टाचार र अदालतले  सजाय ताेकेका सांसद बाेकेर संसद छिरेको छ। काङ्ग्रेसका नेता तथा कार्यकर्ता कुनै कुरामा चाेखाे छैनन् ।” तर  प्रश्न मात्रै उठेका गृहमन्त्रीलाई अनाबश्यक  आराेप लगाउन नहुने ओलिकाे तर्क रहेको छ।

एउटा ठुलाे प्रतिपक्षले सत्ता बाहिर बसेर देखाएको चरित्र संसदीय नैतिकता विपरीत भएको धारण राख्नु भएको छ। गृहमन्त्रीलाई प्रश्न गर्ने मान्छे कस्तो पृष्ठभूमिबाट आएको हो त्यो कुरा ख्यालै नगरी काङ्ग्रेसले संसदमा वितण्डा मचाउनु गलत छ। ओलिकाे भनाइ रहेको छ।

रास्वपाले ,एमाले र माओवादसँग गठबन्धन सरकार बनाएपछि गृहमन्त्री लामिछानेको विरुद्ध नेपाली काङ्ग्रेसका केही नेताहरु सकृय भएर लागेका छन् । काङ्ग्रेस संसद तथा महामन्त्री गगन थापाले केही समयदेखि रविकाे खराे विराेध गरिरहनु भएको छ।

Exit mobile version