फाल्गुन २८ साेमबार
काठमाडौ । हजुरलाई नमस्ते सामाजिक संस्थाले शारीरिक विकलङ्गहरुलाई हुइ्ल्य चियर वितरण गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका नेता तथा समाजसेवी डाक्टर तारा बहादुर कुँवरले शारीरिक रुपमा अशक्त हरुलाई सहयोग स्वरुप हृुईल चियर प्रदान गर्नु भएको हो ।
उहाँले संस्था मार्फत काभ्रेका विभिन्न पालिकामा रहेका वृद्ध वृद्धा, असाहय बालबालिका , अशक्त र एकल महिलाहरुलाई सहयोग गर्दै आउनु भएको छ। हालै मात्र समाजसेवी कुँवरले भुम्लु गाँउपालिका वडा नम्बर ६ र ८ मा रहेका शारीरिक अशक्तहरुलाई एक एकवटा चियर उपलब्ध गराउनु भएको थियो ।
संस्थाका अध्यक्ष कुँवरले अहिलेसम्म एकल सकृयतामा सामाजिक गतिविधि अगाडि बढाउदै आएको टुकी नेटवर्कसँगकाे कुराकानीमा बताउनु भएको छ। उहाँका अनुसार “हजुरलाई नमस्ते संस्थामा कसैकाे पनि आर्थिक सहयोग छैन । जे जति सेवा गर्नु भएको छ त्यो व्यक्तिगत खर्चबाट गरिएको हो ।” आर्थिक रुपमा कमजाेर ,सामाजिक अपहेलनामा परेका ,शारीरिक रुपमा हिडडुल गर्न नसक्ने, साहारा विहिनहरुलाई थाेरै भएपनि सहयोग गर्ने उदेश्यले सामाजिक कार्यकाे थालनी गरिएको उहाँको भनाइ छ।
विगत लामाे समयदेखि दुबै खुट्टा नचलेर हिड्डुल गर्न नसक्ने काभ्रे भुम्लु ६ का हिरालाल दमाई, वडा नम्वर ८ का धन बहादुर तामाङ र चम्पा लामाले चियर पाए पछि खुशि व्यक्त गर्दै समाजमा कुवँर जस्ता समाजसेवी र मनकारी मान्छे अझै रहेछन् भन्दै प्रशंसा गर्नु भएकाे छ ।
मैले साह्रै दु: ख पाएकाे थिएँ । मेराे कारण परिवारले झन धेरै सास्ती र हैरानी खेप्नु परेको थियो । चियर पाएपछि अब समाएर हिडाउँनु पर्दैन । यहि चियर घुमाएर आफै भित्र -बाहिर गर्न सक्ने भएको छु । चियर पाएपछि धन बहादुर लामाले हर्षित हुदै भन्नू भयो ।
यस्तै साेहि वडा निवासी चम्पा लामा ३० वर्ष अगाडि लडेर हिडडुल गर्न नसक्ने हुनु भएको थियो । उहाँको श्रीमानले स्याहरसुसार गर्दै आउनु भएको थियो । परिवारकाे सेवामा निरन्तर लागिरहेको कारण धन बहादुरकि श्रीमती र चम्पाका श्रीमानलाई संस्थाकाे तर्फबाट दाेसल्ला ओडाएर सम्मान गरिएकाे थियो ।
समाजसेवी कुवँरले यस अधि पुस ,माघकाे जाडाे महिनामा वृद्ध ,वृद्धा र बालबालिकाहरुलाई न्यानाे कपडा वितरण गर्नु भएको थियो । साथै पाँचखाल नगरपालिकाकाे रानिपानी लगायत भुम्लुमा सम्म गरि १३५थान ब्लाङ्केट बाँडिएको थियो ।उहाँले बालबालिकाकाे शिक्षालाई प्राेत्साहन गर्ने उदेश्यले भुम्लु गाँउपालिका ८ स्थित श्री प्रकाश उच्च माध्यामिक विद्यालयमा एकलाख रुपैयाँ बराबरकाे व्यक्तिगत अक्षय काेष स्थापनार्थ सहयोग गर्नु भएको थियो ।
हजुरलाई नमस्ते संस्थाले हालसम्म ८ वटा चियर , १३५थान ब्लाङ्केट , १५ वटा स्वयमसेवक सेफ्टि ज्याकेट , विद्यार्थीहरुकाे लागि विद्यालय डे्स वितरण गरिसकेको अध्यक्ष डा कुँवरले बताउनु भएको छ।

