Site icon Tukinetwork.com

सरकार विरुद्ध किसान सडकमा,आन्दोलन चर्काउने चेतावनी

फाल्गुन १७ बिहिवार
काभ्रेपलान्चोक । किसानले दूधकाे भुक्तानी माग गर्दै आज बनेपाको चारदाेबाटाेमा चक्काजाम गरेका छन् । काभ्रे दुग्ध सहकारी संघले चरणबद्ध आन्दोलनकाे विराेध स्वरुप अरनिको राजमार्गमा २ घण्टा सवारीसाधन आवागमन ठप्प पारेका हुन्।

काभ्रे दुग्घ सहकारी सघंले फाल्गुन १४ गते सरकारलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको थियो । विगत २ देखि ४ महिनासम्म दूध विक्रि गरेकोभुक्तानी नपाएको र किसान समस्यामा परेकाे भन्दै किसानहरु आन्दोलनमा छन् ।

यस अधि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थमन्त्री र कृषि तथा पशुपन्छि मन्त्रीलाई बाेलाएर दुग्ध किसानकाे भुक्तानी उपलब्ध गराउन निर्देशन दिनु भएको थियो ।

आज देश भरि नै दाेस्ाे चरणकाे आन्दोलन अन्तर्गत राजमार्गहरुमा २ घण्टा चक्काजाम गर्ने कार्यक्रम रहेकाेले काभ्रेको बनेपामा किसानहरुले सवारी आवागमन ठप्प परेका काभ्रे जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद बडालले जानकारी दिनु भयो ।

किसानकाे माग सम्ब ाे धन नभए केन्द्रीय सर्कुलर अनुसार   फाल्गुन २१ गते माइतीघर मण्डलमा देश भरिबाट उपस्थित किसानहरूले आन्दोलन गर्ने र काभ्रेबाट पनि आन्दोलनमा सशक्त उपस्थित जनाउने तयारी भइरहेको अध्यक्ष बडालले बताउनुभएको छ।

Exit mobile version