फाल्गुन ,१४ साेमबार
काठमाडौ । लायन्स क्लब अफ काठमाडौँ, लर्ड बुद्ध र द सनसाइन स्कुलकाे संयुक्त आयोजनामा रक्तदन सम्पन्न गरिएको हो । उक्त रक्तदानमा सिटिजन कलेजकाे पनि सहभागीता रहेको थियो । ‘रक्तदान जीवन दान, महादान पुण्यदान, आफू बचौं अरुलाई पनि बचाऔं’ भन्ने मुलनारा सहित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौँको तिनकुने स्थित कान्तिपुर हस्पिटलको प्रविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो ।
सन साइन स्कुलकाे २७ औं बार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विपदमा हातेमालो गरेको भन्दै उपस्थित अभिभावकले समेत क्लब प्रति खुसी प्रकट गरेका थिए । देशभर रगत अभावको विद्यमान अवस्थालाई दृष्टिगत गरी आयोजना गरिएको कार्यक्रमबाट करिब २१ पिन्ट ब्लड संकलन भएको लायन्स क्लब अफ काठमाडौंका सदस्य प्रदिप खड्काले जानकारी दिएका छन् । उनकाअनुसार स्वास्थ्य समस्याको कारण ३० जना भन्दा बढीले रक्तदान गर्न पाएनन् ।
कार्यक्रममा साे क्लवका अध्यक्ष लायन बदन कुमार भण्डारी,रिजन चेयरपर्सन , क्लबका उपाध्यक्ष, सचिव, काेषाध्यक्षलगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

