फाल्गुन १२ शनिवार
काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी ) बागमती प्रदेशका सचिव तथा बागमती प्रदेशकाे श्रम,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पदबाट राजिनामा नदिने बताउनु भएको छ।
आज काभ्रे जिल्ला कमिटीको दशौ पूर्ण बैठकमा बाेल्दै मन्त्री लम्सालले कार्वाहीमा परेका व्यक्ति छानबिन समितिका सदस्यले गरेकाे अध्यायन प्रतिवेदनकाे आधारमा दाेषी देखाउदैमा राजिनामा दिइराख्नु पर्ने नभएको बताउनु भएको हो ।
मन्त्री लम्सालले ,” सुरक्षाकर्मिले निगरानीमा हिडेका मन्त्रीले बाटाेमा गएर मान्छे मार्याे भनी प्रचार गरेर मन्त्रीबाट राजिनामा दिनु पर्छ भन्नू गलत भएको धारण राख्नु भयो । प्रतिवेदनले प्रकाश ज्वालालाई गल्ती देखाएको छैन । मन्त्री ज्वालाकाे गल्ती भएकाे भए प्रधानमन्त्रीले कार्वाही गरिसक्नु हुने थियो ।” भौतिक मन्त्रीकाे कारण अबाेध दुई युवाकाे ज्यान नगएको तर सुरक्षा निकाएकाे कमजोरीले घटना घटेकाे यथार्थ बिर्षन नहुने मन्त्री लम्सालकाे भनाइ रहेको छ।
पुर्वाग्रह राखेर बनेका प्रतिवेदन धेरै छन् । तिनको खास अर्थ हुदैन । तत्कालीन स्थलगत घटनाको प्रकृति हेरेर सत्य तथ्य प्रतिवेदन बाहिर नआएको र गलत प्रचार गर्न विपक्षीहरु लागि परेकाे उहाँको आराेप छ। उहाँ नेकपा एकीकृत समाजवादी पार्टीको मात्रै मन्त्री नभएर गठबन्धनको मन्त्री भएकोले साे घटनाको जिम्मेवारी सरकारले लिनु पर्छ । मन्त्री लम्सालकाे भन्नु भयो ।

