Site icon Tukinetwork.com

जिल्ला अधिबेशन भव्यताका साथ सम्पन्न गर्नु हाेस शुभकामना छ: अध्यक्ष भूषाल

फाल्गुन १२ शनिबार
काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादी काभ्रेको जिल्ला अधिवेशन आगामी चैत्र ३ र ४ गते हुने भएको छ। शनिवार काभ्रेको बनेपामा बागमती प्रदेश कमिटीकी अध्यक्ष साबित्रा भुषालको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईको अध्यक्षतामा बसेकाे  जिल्ला कमिटीको दशौ बैठकले चैत्र ३ र ४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकमा बागमती प्रदेश कमिटीकि अध्यक्ष सावित्रा भूसालले काभ्रे जिल्ला बागमती प्रदेश भरिकै सबैभन्दा धेरै पार्टी सदस्य रहेकाे जिल्ला भएको बताउनु भएको छ । उहाँले प्रदेश भरि नै धेरै पार्टी सदस्य संङ्ख्या काभ्रेको भएकोमा शुभकामना दिनुका साथै  काभ्रे जिल्ला  अधिवेशन चैत्र ३ र ४ गते भव्यताका साथ सम्पन्न गर्ने कार्यको अग्रिम बधाई तथा शुभकामना दिनु भएको छ। अध्यक्ष भुषालले  थप पार्टी सदस्यता र संगठित सदस्यता विस्तारमा जाेड दिदै अधिवेशनकाे तयारी गर्न पार्टी पंक्तिलाई  निर्देशन दिनु भएको  छ।

पार्टी केन्द्रीय अनुशासन आयाेगका अध्यक्ष शिव बहादुर देउजाले एकीकृत समाजवादी  युवाहरुकाे जाेश देखेर खुशि लागेकाे भन्दै  अझ श्रम जिवि जनताकाे निम्ति काम गर्न आग्रह गर्नु भयो । उहाँले ,”केही पाउने आशले पार्टीमा आएका मानिसले बिगार्न जानेका हुन्छन् । त्यसैले कहिले काहीं  सामान्य आचारण गुमाउदा लक्ष्मण रेखा काटेको हाे कि भन्ने लागेकाे बताउनु भयो ।”  अध्यक्ष देउजाले खराब चिन्तन र आचरणबाट आफुलाई टाढा राखेर व्यवहार गर्न पार्टी नेता ,कार्यकर्तालाई निर्देशन दिनु भएको छ।

यसैगरी चैत्रमा हुने काभ्रेको जिल्ला  अधिवेशनलाई लक्षित गर्दै बागमती प्रदेशका श्रम ,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले पार्टी सदस्यता र संगठन विस्तारमा सकारात्मक काम भएको भन्दै प्रशंसा गर्नु भयो ।उहाँले अधिवेशनबाट काभ्रेमा आउने नयाँ नेतृत्व सर्वसहमतिमा आउने विश्वास व्यक्त गर्नुभएको छ।

आजको बैठकमा सम्वाेधन गर्दै काभ्रे जिल्ला इन्चार्ज टाेक बहादुर वाइवाले अधिवेशन ताेकिएकाे समयमा नै सम्पन्न हुने ठाेकुवा गर्नु भएको छ ।

Exit mobile version