Site icon Tukinetwork.com

नेकपा एस रिटर्नी एशाेसियसन समाजवादी काभ्रे गठन अध्यक्षमा पुर्साेत्तम आचार्य

फागुन ११ शुक्रबार
काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी )काभ्रेकाे रिटर्नी एशोसियसन समाजवादी गठन भएको छ। शुक्रबार काभ्रेको बनेपा स्थित पार्टी कार्यालयकाे सभाहलमा रिटर्नी एशोसियसनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलको उपस्थितीमा काभ्रे जिल्ला संगठन कमिटी गठन भएको हो ।

जिल्ला भेलाले पुरसाेत्तम आचार्यकाे अध्यक्ष्ातामा २१ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । उपाध्यक्षमा काेमल प्रसाद तामाङ , सचिव निल प्रसाद ढकाल र सहसचिव दिपक रायमाझी र काेषाध्यक्षमा दिनेश लामा चयन हुनु भएको छ।

यस्तै सदस्यहरुमा जीवन तिमल्सिना ,इन्द्रबहादुर तामाङ ,राेशन गुरुङ , कृष्णबहादुर दर्लामि मगर , सुवाष तिमल्सिना , संगम प्रधान , लालकाजि लामा ,बुद्धि वीर तामाङ , सुर्दशन लम्साल , राम शरण बजगाई लगायत रहनु भएको छ।

काभ्रे जिल्ला कमिटी अध्यक्ष बसुन्धरा हुमागाँईकाे अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव गाेकुल गौतम , सहसचिव यसु लामा , समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष धु्रव रायमाझी , अनेमसंघ जिल्ला अध्यक्ष पासाङ डाेल्माे तामाङ , जिल्ला सदस्य तथा युवा नेता राम लामा , कार्यालय सचिव हरिगाेपाल प्रधानाङ्ग आदिकाे उपस्थिति रहेको थियो ।

उक्त भेलामा जिल्ला अध्यक्ष हुमागाँइले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै रिट्न्नि एशाेसियसनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलले पद तथा गाेपनियताकाे सपथ गराउनु भएको थियो ।

Exit mobile version