पुस१५ आइतबार ,२०८०
काठमाडौ । समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १० जना पत्रकारको नाम सिफारिस गरेको छ ।
आगामी माघ ११ हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले १० पत्रकारको नाम सिफारिस गरेको हो ।
संगठनले सिफारिस गरेका पत्रकारहरुमा शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतीज्ञा बुढा मगर रहेका छन् ।

