Site icon Tukinetwork.com

पर्यटन मन्त्रीको अभिव्यक्ति पछि मन्त्रीमण्डल परिवर्तन गर्दै प्रधानमन्त्री

पुस, ६ शुक्रबार ,२०८०
काठमाडौं । आफ्नै पार्टीका  संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीकाे अभिव्यक्तिबाट विवादमा तानिए पछि प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थाल्नु भएकाे छ  ।  मन्त्रीहरू परिवर्तन गर्न उहाँले  सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेससँग छलफल गरिरहनु भएको हो । प्रधानमन्त्रीले काङ्ग्रेसको  नेतृत्वसँग आवश्यक परामर्श गरिसक्नु भएको बुझिएको छ।

आज एक कार्यक्रममा प्रधानमन्त्री दाहालले जनतालाई अनुभुती हुने गरि काम नभएको भन्दै मन्त्री फेरेर भएपनि काम गरेर छाेड्ने  बताउनु भएको हो । नेकपा माओवादी केन्द्रबाट  सबै मन्त्रीहरु फेर्ने तयारी गर्नु भएका प्रधानमन्त्री दाहालले कांग्रेससँग पनि पुराना मन्त्री फेर्नु पर्ने  सर्त राख्नु भएको छ।

गठबन्धनमा  देउवानिकट  मन्त्रीहरु कायम राख्नु पर्ने कुरा आएको भन्दै छलफल केही समयका लागि राेकिएकाे छ । मन्त्रीहरूले काम गरेका छैनन् , पुराना हटाएर नयाँ मन्त्री मण्डल मार्फत काम गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नु भएको छ।

Exit mobile version