Site icon Tukinetwork.com

नेपाल विद्यार्थी संघ जनमैत्री बहुमुखी क्याम्पसकाे सभापतिमा विद्यार्थी नेता विपिन आचार्य

पुस,५
काठमाडौ । नेपाल विद्यार्थी संघ जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वर इकाई कमिटीमा सचिव तथा विद्यार्थी नेता विपिन आचार्यले सभापतिकाे जिम्मेवारी पाउनु भएको छ ।

वर्तमान इकाई सभापति निराजन बहादुर शाहले आज युवा नेता आचार्यलाई सभापतिकाे जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो ।

युवा विद्यार्थी नेता आचार्यले नेविसंघ जनमैत्री क्याम्पसकाे कमिटीलाई अगाडि बढाउन शसक्त , चलायमान र संगठनलाई नियमित बनाउन याेग्य र सक्षम भएकाले सभापतिकाे अधिकार प्रयाेग गर्ने गरि पदिय जिम्मेवारी दिईएकाे सभापति शाहले बताउनुभएको छ ।

विद्यार्थी नेता आचार्य नेपाली राजनितीमा एक आशा गर्न लायक युवा हुनु हुन्छ। उहाँ विगत १० वर्ष देखि विद्यार्थी राजनितीमा सकृय हुनु हुन्छ । विद्यार्थीकाे हकहितमा वकालत गर्दै आउनु भएका युवा विद्यार्थी नेता आचार्य जनमैत्री बहुमुखी क्याम्पस नेविसंघ इकाई कमिटीको सचिव भएर काम गरि सक्नु भएको छ।

 

Exit mobile version