मंसिर १५
काठमाडौं । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाकाे मेयरमा युवा नेतृत्व वालेन शाह निर्वाचित हुनु भयाे। काठमाडौ मेयरमा वालेन विजयी भईरहदा मतदातामा एक प्रकारकाे उत्साह थियो ।गाउँ ,शहर ,चाेक ,गल्लि सबैतिर वालेनकाे हाई हाई र प्रशंसा भएको सुनिन्थाे।
युवा नेतृत्व पाएपछि महानगरवासिमा खुशिकाे सिमा थिएन।युवाहरु वालेनकाे प्रशंसा गर्थे । मतदाता र महानगरवासिमा अब महानगरपालिका काठमाडौ एकाएक परिवर्तन हुने आशा जागेको थियो । जनतालाई आश थियो – ” आगामी दिनमा महानगरबाट हुने कार्यसम्पादन र सेवा सुविधा छिटो छरितो हुने छ । शहरका सडकहरु पिच हुने छन् । चिल्लाे र सफा सडक देख्न पाईने छ । बाटामा धुलाे उड्ने छैन । खालिठाउँ र सडकका दायाँ बायाँ सफा र सुन्दर बगैँचा हुनेछ। सुन्दर ,शान्त र समृद्ध ऐतिहासिक महानगरकाे परिकल्पना गरेका थिए। डाक्टर बुबाका छाेरा ईन्जिनियर युवा जाेश भएका वालेनले केही नयाँ गर्ने निश्चित थियो ।
वालेनले काठमाडौमा मेयर जितिरहदा काठमाडौले जितेको थियो । युवा वालेनले मेयर जितिरहदा लाखौं युवाले मेयर पद जितेका थिए । तर स्वतन्त्र वालेनलाई राजनितीक दलका नेता र पार्टीका कार्यकर्ताले मन पराएका थिएनन् । उनी एक र्यापर र पेशाले ईन्जिनियर हुन राजनितिक पृष्ठभूमि छैन भन्ने बुझाई थियो ।
स्थानीय निर्वाचनका बेला वालेनले याे गर्छु त्यो गर्छु केही भनेका थिएनन् । उनि मौनताका बिच नै निर्वाचनमा विजयी भएका थिए। जब उनलेे चुनाव जिते , तब आफ्ना गतिविधि मौन रुपमा आगाडि बढाउन थाले । उनले ल्याएका प्रस्ताब र याेजनालाई काठमाडौंका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले पनि अबरोध सिर्जना गरे । संचार माध्यम र सामाजिक संजालबाट सार्वजनिक हुने गरि वालेनलाई सफल हुन नदिने एमालेका वडा अध्यक्षहरुले घाेषणा नै गरेका थिए । त्यस भित्र पक्का पनि दलगत स्वार्थ लुकेको प्रष्ट बुझ्न सकिन्थ्यो ।
अव्यवस्थित भौतिक संरचना र शहरी विकास याेजना विपरीत अशाेभनिय महानगरलाई व्यवस्थित शहर बनाउन वालेनले आफ्नो काम र याेजना स्वरुप नक्सा विपरीत बनेका संरचना भत्काउन सुरु गर्नु भएको थियो । सडक पेटीमा यात्रुलाई सहज बनाउन भन्दै सडक पेटीमा व्यापार गर्न राेक लगाए । कामलाई निरन्तरता दिदै मापदण्ड विपरीत निर्माण भएको नर्भिक हस्पिटललाई पनि दायरामा ल्याउन पहल गर्नु भयो । काठमाडौकाे राजनीति बनिरहेको फाेहाेर व्यवस्थापनलाई उहाँले समाधान उन्मुख बनाउन सफल हुनु भयाे ।
वालेनले सुरुवाती देखि जे काम गर्नु भयो , त्यो सधैं एउटा एउटा कारणले विवादमा आईरहयाे । पटकपटकको विवाद र आलोचनाले नै वालेनलाई चुलिकाे शिखरमा पुर्यायाे ।
वालेनका विरुद्ध पहिला पनि सुरक्षा चुनौती थियोे । बेलाबेला उहाकाे सुरक्षाकाे सन्दर्भमा कुराहरु उठने गरेका छन्। वालेन सुरक्षित छैनन्। उहाकाे लागि राज्यले सुरक्षा सतर्कता अपनाउनु पर्ने भन्दै डा . सुरेन्द्र के.शि लगायत स्वतन्त्र वक्ता तथा बिष्लेषकहरुले सार्वजनिक संचारमाध्यमहरुमा बाेल्दै आउनु भएको सुन्न पाइन्थाे ।
हिजाे थापाथली सुकुम्बासी बस्तिमा घटेको घटनाले यस्तै संकेत गरेको छ। केही दिनदेखि देशको राजधानीबाट हेर्नै नसकिने मानवता हराएका भिडियोहरु सार्बजनिक भैरहेकोछन् । पहिला त महानगरप्रती नै अलिकति रुष्ट आवाज सुनियाे ,तर जब यो आवज मानवताविरोधी थियो ।
थापाथली सुकुम्बासी बस्तीमा बाग्मति सभ्यताको आग्रहमा महानगरले बस्ति हटाउन सहयोग गर्नकाे लागि नगर प्रहरी सहित डाेजर पठाएको थियो । जब सुकुम्बासी बस्तीमा डाेजर पुग्याे वालेनका विरुद्ध चर्का नारावाजी हुन थाल्यो । बस्तिका मानिसहरु खुडा ,खुकुरी , तरवार र लाठा लिएर सडकमा निस्किए ।
सामाजिक संजालमा भिडियोहरु भाइरल भईरहेका छन्। सुकुम्बासी बस्तिबाट मर्ने र मार्ने आवाजहरु बुलन्द भएका छन् । कसकाे सहयोगमा किन यस्तो अमानवीय भाषा प्रयाेग भएका हुन् । याे सुनुयाेजित र तयारीका साथ भएको हाे कि प्रश्न गर्ने थुप्रै ठाउँ देखिन्छ ।
अस्ति जुन हर्कत देखियाे त्यसले सुरक्षा निकायलाई पनि चुनौती थपिएको छ। राजधानी जस्तो ठाउमा बुद्धिजीवी ,पढेलेखेका , नेता, वकिल ,पत्रकार , विश्वविध्यालयका प्राध्यापक , विध्यार्थि आदि उच्च ओहाेदाका व्यक्तिकाे बसाेबास रहेकाे हुन्छ। देशका विभिन्न भुगाेलबाट पेसा, व्यवसाय गर्ने मानिस छन् ।
सभ्य शहरकाे मध्य स्थानमा नगर प्रहरीले पनि ज्यान जाेगाउन धौ धौ हुने गरि भएको सांघातिक आक्रमण निन्दनीय छ। यहाँ सुकुम्बासी बनेर सरकारी जग्गा हड्प्न बसेकाहरु हुकुमबासि भएको तथ्य बाहिर आएको छ। काेहि त नेताकाे संरक्षण पाएका दलका नेता नै भएको पनि थाहा हुन आयो ।
अान्दोलनकारीले भनेका थिए “वालेनकाे टाेलिलाई लखेटी लखेटी टाउकाे फुटायौं । वालेन मुर्दावाद , महानगर मुर्दावाद भनेर नाराबाजि गर्यौं ।” उनिहरुले सरकारी डाेजर जलाउने तयारी गरे । महानगरले दमन गरे देश भरिका सुकुम्बासि उतारेर तेस्रो जनओन्दाेलन गर्ने चेतावनी दिएका थिए । सुकुम्बासीलाई त्याे तागत कसले दियो । महानगर र मेयर विरुद्ध गरिने कार्य कम शक्ति भएको जनमासले आँट गर्न सक्दैन ।याे घाेषणा सुकुम्बासी काे मात्र पक्का हाेइन्।
यहाँ दलगत स्वार्थले कनम गरेको हुन सक्छ ।काठमाडौंबाट जितेका स्वतन्त्र मेयर वालेनलाई असफल गराउने रणनितिक षड्यन्त्र हो भन्न सकिन्छ ।
बाग्मति सहितको नदीकिनारमा बसेका सुकुम्बासी बस्तिलाई व्यवस्थित गर्न शहरी विकास मन्त्रालयले २०७८ फाल्गुनमा समिति गठन गरेको थियो । समितिकाे तथ्यांकअनुसार ३ हजार ४९६ घरधुरी सुकुम्बासी रहेका छन् ।
दलहरुले २०४७ सालदेखि बनाएका आयाेग र समितिले सुकुम्बासी समस्य समाधान गर्ने तदारुकता कहिले देखाएन् ।

