आशिश कुमार यादव , मंसिर १३
सुनसरी । सुनसरी ३ (ख) प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामदेव यादव १९४७९ मत सहित ५८८ मत अन्तरले प्रदेशसभा सदस्यमा निवार्चित भएका हुँन। उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादवले १८८९१ मत पाए।
यसैगरि सुनसरी ३ (क) प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रोहित बहादुर कार्की १८६४१ मत सहित प्रदेशसभा सदस्यमा निवार्चित भएका हुँन। उनका निकटतम प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रकी उम्मेदवार सरस्वती पोखरेलले ९४९८ मत पाइन।
सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा ११ जना स्वतन्त्र उम्मेदवार सहित ११ जना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। यसैगरि सुनसरी क्षेत्र नम्बर ३ प्रदेश सभा (क) बाट स्वतन्त्र ३ र राजनीतिक दलका १० गरि १३ जना उम्मेदवार र प्रदेश सभा (ख) बाट ७ स्वतन्त्र र १० राजनीतिक दलका गरि १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

