Site icon Tukinetwork.com

उदयपुर २ मा नेकपा एमालेका उम्मेदवार विजयी काङ्ग्रेसका वागीले गर्दा जगन्नाथलाई धाेका

मंसिर ,६

उदयपुर । उदयपुर  प्रतिनिधिसभा सदस्य २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनुभएको छ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उहाँका  निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत पाउनु भएको थियो ।। त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो हुनुभएको थियो ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा सत्ता गठबन्धन बलियो देखिएको यस क्षेत्रमा नेपाली कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिएका थिए । जसले गर्दा एमालेको जित सहज भएको सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरु नै बताउँछन् ।

Exit mobile version