मंसिर, ५
काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ ।
केहिबेरअघि सम्पन्न मतगणनाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी हुनुभएको छ।
उहाँको प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचनले ३ हजार ७८ मत पाउनु भएको थियोे । । गौचन र तुलाचनको मतान्तर ९ सय १४ रहेको छ । २९ वर्षका गौचन कांग्रेसका कान्छा सांसद हुनुहुन्छ

