Site icon Tukinetwork.com

ताेसिमा कार्कीलाई घण्टी बजाएर प्रचार गर्न राेक

काठमाडौं ,

निर्वाचन आयाेगले डाक्टर ताेसिमा कार्कीलाई घण्टी बजाएर प्रचार गर्न राेक लगाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीलाई निर्वाचन आचार सहिंता विपरीत प्रचार प्रसार गरेको भन्दै घण्टी नबजाउन भनिएको हो

निर्वाचन आचार सहिंता विपरीत प्रचार गरिएको भनी आयाेगमा उजुरी परेपछि आयाेगले कार्कीलाई सचेत गराएको हो । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेदवार उनलाई घण्टी बजाउँदा ध्वनि प्रदुषण भएकोले घण्टी बजाएर प्रचार नगर्न भन्दै फाेन आएको कार्किले बताउनु भयो ।

Exit mobile version