Site icon Tukinetwork.com

रवि लामिछानेले सार्वजनिक गरे चुनावी वाचा पत्र


काठमाडौ ,
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचा पत्र सार्वजनिक गरेको छ। अन्य दलहरुले चुनाव लक्षित घाेषणा पत्र जनता माझ ल्याईरहेकाे बेला स्वतन्त्र पार्टीले वाचापत्र भनेर चुनावी पत्र सार्वजनिक गरेको हाे।

स्वतन्त्र पार्टीका संयाेजक रवि लामिछानेले सार्वजनिक गरेको वाचा पत्रमा प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्रि र मुख्यमन्त्री रहने भनिएको छ।

नेपालकाे राष्ट्रपति हुनकाे लागि कुनै राजनीतिक दलमा नभएको , सरकारी लाभ नलिएको , वंशजकाे नेपाली नागरिक भएको हुनुपर्ने वाचा पत्रमा उल्लेख गरिएको छ।

सार्वजनिक गरिएको वाचा पत्रमा जनताका स्वास्थ , शिक्षा खानेपानी ,राेजगारि लगायत स -साना विषयलाई पनि समावेश गरिएको छ।

 

 

Exit mobile version